श्रीमतीको मोबाइलमा परपुरुषको फोटो देखेपछि ह,_त्या, डम्पिङ साइटको खोल्सामा फाले श*_व

सुर्खेतको भेरीगंगा नगरपालिका–१२ तुमलचोक नजिक जंगलमा भेटिएकी प्रेमा ओली खत्रीको हत्या उनका श्रीमान् जक्सन खत्रीले गरेको प्रहरीले बताएको छ । गुर्भाकोट नगरपालिकाकी २६ वर्षीया प्रेमाको शव आइतबार बिहान झिगेनारा खोलाको पानीमा फेला परेको थियो । प्रहरीले प्रमाण र आरोपीको बयानका आधारमा हत्या भएको निष्कर्ष निकालेपछि जक्सनलाई पक्राउ गरेको छ।

दर्शन खत्री नामबाट चर्चित जक्सन, नेपाली सेनाको वीरदल गण, पाँचथरमा कार्यरत छन् । उनले हत्या योजना बनाएर शनिबार साँझै पाँचथरबाट छिन्चु पुगेर प्रेमालाई सामान लिन भनी छिन्चु बजार बोलाएका थिए । ‘साथीसँग समान पठाएको छु, आफैं गएर लिनु’ भन्दै श्रीमतीलाई भ्रममा पारेका जक्सन साँझमा नै त्यहाँ उपस्थित भए ।

छिन्चु बजारमा भेट भएपछि दुवैबीच विवाद सुरु भयो । शंका – उपशङ्का र झगडा गर्दै झण्डै चार–पाँच सय मिटर पैदल हिँडेर रामजानकी सामुदायिक वनतर्फ लाग्दा झिगेनारा खोलाको पुल नजिकै विवाद तीव्र भयो । प्रहरीका अनुसार, जक्सनले पहिले प्रेमाको मोबाइलबाट अर्कै पुरुषको तस्बिर देखेपछि आवेगमा आए। त्यसै आवेगमा उनले नजिकैको ढुंगा उठाएर प्रेमाको टाउकोमा प्रहार गरे । प्रेमा ढलेपछि जक्सनले सलले घाँटीमा बाँधेर खोल्सामा फ्याँके र त्यसलाई आत्महत्या जस्तो देखाउने प्रयास गरे ।

आइतबार बिहान करिब पाँच बजेको समयमा थक्लाको जंगलबाट खजुरी टिप्न गएका स्थानीयले खोल्सामा शव देखे । तत्काल प्रहरीलाई खबर गरेर इलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थल पुगे । सुर्खेतका प्रमुख एसपी रुपेश खड्का, डीएसपी मोहनजंग वुढाथापा र केनाईन शाखाका प्रशिक्षित कुकुरसहितको प्राविधिक टोलीले साँझसम्म शवको रगतका दाग, सलले बाँधिएको निशान र घटनामा प्रयोग भएको ढुंगा संकलन गरी हत्या पुष्टि गरे ।

प्रहरीले शनिबार राति नै जक्सनलाई नियन्त्रणमा लियो । सोधपुछमा उनले हत्या स्वीकार गरी आत्महत्या देखाउने योजना बनाएको बयान दिएका छन् । जिल्ला अदालत सुर्खेतले थप अनुसन्धानका लागि उनलाई पाँच दिन म्याद थप गरिदिएको छ ।

प्रेमा गुर्भाकोट–५ थक्लेनीमा ६ वर्षीया छोरीसहित एकल बस्थिन् । उनलाई विगत पाँच वर्षदेखि दम्पतीबीच अविश्वास र कलह भइरहँदा यस प्रकारको त्रासदीपूर्ण अन्त्य भयो । यस घटनाले घरेलु हिंसा र महिला सुरक्षा सम्बन्धी चेतना जगाउन थप आवश्यकता रहेको देखाएको छ ।

प्रकाशित : सोमबार, बैशाख २२, २०८२२२:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

“एक महिनाका लागि श्रीमती दिए पैसा र ब्याज नलिने” भनेपछि घाँटी थि*_चेर ह-*त्या