बैशाख २२ गतेको राशिफल : सोमबारको दिन १२ मध्ये कुन राशिलाई शुभ होला, कुन राशिलाई अशुभ ?

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। बैशाख २२ गते सोमबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ। सोमबारको दिन भगवान शिवको नाममा समर्पित हुन्छ। सोमबार भगवान शिवको विधि-विधानपूर्वक पूजा-अर्चना गरेमा हरेक मनोकामना पूरा हुनेछ। सोमबार दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :

बैशाख २२ गतेको पञ्चाङ्ग : –
दिन : सोमबार
तिथि : अष्टमी, १२:१९ बजेपछि नवमी
नक्षत्र : अश्लेषा, १८:२७ बजेपछि मघा
योग : गण्ड, ०५:२५ बजेपछि वृद्धि, ०४:२२ बजेउप्रान्त ध्रुव
करण : वव, १२:१९ बजेपछि वालव, २४:१९ बजेउप्रान्त कौलव

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
धैर्यको कमीले काममा अवरोध आउन सक्छ। परिवारमा धार्मिक र सामाजिक कार्यक्रम आयोजना हुन सक्छ। दौडधूप बढ्नेछ र थकाइले ग्रस्त बनाउन सक्छ। परिवारमा सुख, शान्ति र आपसी समझदारी बढ्नेछ। अत्यधिक रिसले सम्बन्धमा दरार आउन सक्छ, त्यसैले संयमता अपनाउनुहोस्। सन्तानसँग सम्बन्धित सुखद समाचार मिल्नेछ। जीवनसाथीको सहयोगले आत्मबल बढ्नेछ। लगानी तथा व्यापारमा सन्तुलित निर्णय लिनुहोस्। नयाँ जिम्मेवारीहरू आइपर्लान्। यात्राको सम्भावना देखिन्छ, तर सतर्क रहनु उपयुक्त हुनेछ। अध्ययन र प्रतिस्पर्धात्मक परीक्षामा ध्यान केन्द्रित गर्नुहोस्। पुराना समस्याहरू आज सुल्झिन सक्छन्। आत्मविश्वास र धैर्यता तपाईको प्रमुख अस्त्र हुनेछ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
पढाइमा सन्तोषजनक परिणाम प्राप्त हुनेछ। सन्तानतर्फबाट आशालाग्दो खबर आउने सम्भावना छ। स्वास्थ्यमा थोरै समस्या देखिन सक्छ, सचेत रहनुहोस्। घरमा धार्मिक र सांस्कृतिक गतिविधि हुन सक्छ। आर्थिक सञ्चय बढ्नेछ र लगानीको राम्रो अवसर पनि देखिन्छ। धैर्यता आवश्यक छ, नत्र विवाद बढ्न सक्छ। बौद्धिक क्षमताले आम्दानीका नयाँ बाटाहरू खोल्नेछ। अतिरिक्त कामको चापले थकान आउन सक्छ। अनावश्यक खर्च बढ्न सक्छ, बजेट व्यवस्थापन गर्नुहोस्। नयाँ ज्ञान र सीप सिक्न चाहना बढ्नेछ। साथीभाइसँगको सहयोगले केही रोकिएका काम अगाडि बढ्नेछन्। पारिवारिक यात्राको योजना बन्न सक्छ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
धैर्य र संयमता आवश्यक रहनेछ, अन्यथा काम बिग्रन सक्छ। पुरानो साथीसँग भावनात्मक भेटघाटको सम्भावना छ। कार्यस्थलमा केही कठिनाइ आउन सक्छ तर धैर्यले समाधान गर्न सकिनेछ। परिवारमा आदर र सम्मान प्राप्त हुनेछ। आत्मविश्वास उच्च रहनेछ र पढाइप्रति रुचि बढ्नेछ। आर्थिक पक्षमा सुधार आउनेछ। वाणीको प्रभावले अड्केका काम सफल बनाउन सकिनेछ। मन स्थिर नरहन सक्छ, ध्यान दिनुहोस्। धार्मिक तथा सामाजिक कार्यमा समय बित्न सक्छ। साथीभाइबाट राम्रो सहयोग प्राप्त हुनेछ। व्यापार व्यवसायमा बिस्तारको सम्भावना छ। नयाँ योजना बनाउन उपयुक्त समय हुनेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
मनमा प्रसन्नता र उत्साह बढ्नेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन् जसले प्रगतिको बाटो खुलाउनेछ। आम्दानीका स्रोतहरू विस्तार हुनेछन्। सवारी साधनप्रति आकर्षण बढ्नेछ। खर्चमा पनि वृद्धि हुनेछ, ध्यान दिनुहोस्। पारिवारिक वातावरण सुखमय रहनेछ। बोली र व्यवहारमा सन्तुलन आवश्यक हुनेछ। अध्ययनमा ध्यान केन्द्रित गर्नुहोस्। साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ। कुनै अज्ञात डरले चिन्ता उत्पन्न हुन सक्छ। मातृ पक्षबाट केही चिन्ता आउन सक्छ। वैवाहिक जीवनमा सन्तुलन आवश्यक पर्नेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
परिवारसँग धार्मिक स्थलको भ्रमण सम्भव छ। साथीभाइ र आफन्तबाट सहयोग मिल्नेछ। घरमा धार्मिक र सांस्कृतिक कार्यक्रमको सम्भावना छ। परिधान र सौन्दर्यमा खर्च बढ्नेछ। बोलीले प्रभाव जमाउने समय हो। रोकिएका कार्यहरू अघि बढ्नेछन्। धैर्य गुम्न सक्नेछ, त्यसैले संयमता जरुरी हुनेछ। उच्च पदस्थ व्यक्तिसँग विवाद सम्भावित छ। व्यापार र व्यवसायमा सुधार देखिनेछ। साथीभाइको सहायताले नयाँ अवसर सिर्जना हुनेछ। धनसम्बन्धी स्थिति बलियो बन्नेछ। नयाँ सम्पर्कहरूले भविष्यमा लाभ दिन सक्छन्।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
मन उत्साहित रहनेछ र सकारात्मक सोच बढ्नेछ। जागिर र परीक्षा सम्बन्धी राम्रो परिणाम प्राप्त हुनेछ। प्रशासनिक क्षेत्रमा सहयोग मिल्नेछ। आयको स्तर वृद्धि हुनेछ। पेशागत वृत्तिमा विकासको संभावना देखिन्छ। कुराकानीमा धैर्यता आवश्यक छ। शैक्षिक तथा अनुसन्धान कार्यमा सफलता मिल्नेछ। घरपरिवारमा महिलाबाट आर्थिक लाभ मिल्न सक्छ। दाजुभाइसँग विचारमा फरक पर्न सक्छ, सम्हाल्न आवश्यक छ। कला र संगीतमा रुचि बढ्नेछ। पारिवारिक जिम्मेवारी बढ्नेछ, तर तपाईंले राम्रोसँग निभाउनुहुनेछ। व्यापारमा नयाँ अवसर देखा पर्नेछन्।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
मनमा आशा र निराशाको मिश्रित भावना आउन सक्छ। परिवारबाट उचित सहयोग प्राप्त हुनेछ। व्यवसायमा केही कठिनाइ आउन सक्छ, धैर्यता आवश्यक छ। आम्दानीमा कमी हुन सक्छ, खर्चमा नियन्त्रण गर्नुहोस्। साथीभाइबाट राम्रो समर्थन पाउनेछ। मानसिक शान्तिका लागि ध्यान र साधनामा लाग्नु उपयुक्त हुनेछ। धार्मिक कार्यमा सहभागिता बढ्न सक्छ। अत्यधिक खर्चले मानसिक तनाव निम्त्याउन सक्छ। संचित धनको अवस्था बलियो बन्नेछ। शैक्षिक तथा बौद्धिक कार्यमा राम्रो फड्को मार्न सकिनेछ। आफन्तहरूसँगको सम्बन्धमा मिठास आउनेछ। नयाँ यात्राको योजना बन्न सक्छ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
मनमा अशान्ति छाउने सम्भावना छ, धैर्य आवश्यक हुनेछ। बोली र व्यवहारमा सन्तुलन कायम राख्नुहोस्। पुरानो साथीसँग रमाइलो भेटघाटको सम्भावना छ। काममा सुधार र उन्नतिको संकेत देखिन्छ। स्वास्थ्यप्रति विशेष ध्यान दिनुहोस्। उच्च अधिकारीहरूको समर्थन प्राप्त हुनेछ। आम्दानी बढ्नेछ र आर्थिक स्थितिमा सुधार आउनेछ। परिवारसँग टाढा रहनुपर्ने परिस्थिति आउन सक्छ। वैवाहिक जीवनमा सानो विवाद हुन सक्छ, तर संवादले समाधान सम्भव छ। अभिभावकहरूको समर्थन महत्त्वपूर्ण हुनेछ। पढाइ तथा बौद्धिक क्रियाकलापमा सफलता हात पर्नेछ। कडा मिहिनेतले मात्र अपेक्षित सफलता प्राप्त हुनेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
अत्यधिक क्रोध र उत्साहलाई नियन्त्रण गर्नुहोस्। कार्यस्थलमा उच्च अधिकारीहरूसँग राम्रो सम्बन्ध कायम गर्नुहोस्। काममा चुनौती आउन सक्छ तर मिहिनेतले सफलता पाउनेछ। आत्मनिर्भर बन्ने प्रयत्न गर्नुहोस्। परिवारको साथ र समर्थनले मनोबल बढ्नेछ। सवारी साधनको लाभ न्यून हुन सक्छ। व्यापारमा विस्तारको अवसर मिल्नेछ। मन अशान्त रहने हुनाले ध्यान केन्द्रित गर्नुहोस्। पारिवारिक समस्या समाधान गर्न ध्यान दिनुहोस्। खर्च बढ्न सक्छ, वित्तीय योजनामा ध्यान दिनुहोस्। स्वास्थ्यप्रति सचेत बन्नु अत्यावश्यक छ। नयाँ अवसरहरू देखा पर्नेछन् जसले भविष्यमा लाभ दिलाउनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
मन प्रसन्न र ऊर्जावान रहनेछ। आत्मविश्वासले नयाँ कार्यहरूमा सफलता दिलाउनेछ। जीवनसाथीको साथले मनोबल बढ्नेछ। व्यवसायमा सकारात्मक परिवर्तन देखिनेछ। बौद्धिक कार्य र लेखनमा सम्मान प्राप्त हुनेछ। पारिवारिक जीवन सुखमय रहनेछ। व्यवसाय विस्तारमा खर्च बढ्न सक्छ, तर दीर्घकालीन फाइदा हुनेछ। सञ्चित धनमा गिरावट आउन सक्छ, सावधानी अपनाउनुहोस्। पुराना मित्रसँग भावनात्मक भेटघाटको सम्भावना छ। पैतृक सम्पत्तिबाट लाभ मिल्न सक्छ। सवारी साधन र लगानीप्रति आकर्षण बढ्नेछ। व्यस्तताले व्यक्तिगत समय प्रभावित गर्न सक्छ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
आत्मविश्वासमा कमी आउन सक्छ, तर धैर्यता आवश्यक छ। क्रोध र आवेगलाई नियन्त्रण गर्नुहोस्। परिवारको साथ र समर्थनले कठिनाइ हल गर्न सहयोग गर्नेछ। अनावश्यक खर्च बढ्न सक्छ, बचतमा ध्यान दिनुहोस्। व्यापारमा समर्पण र लगनशीलता आवश्यक हुनेछ। भावनालाई नियन्त्रणमा राखेर निर्णय लिनुहोस्। कार्यक्षेत्रमा थप मिहिनेत गर्नु पर्नेछ। अध्ययनमा सन्तोषजनक प्रगति अपेक्षा नगर्नुहोस्। धार्मिक कार्य र संगीतमा आकर्षण बढ्नेछ। उच्च अधिकारीबाट सल्लाह प्राप्त हुनेछ। नयाँ लगानीको योजना बन्न सक्छ। स्वास्थ्यमा सानो समस्या देखिन सक्छ, सचेत रहनुहोस्।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
मनमा सन्तोष र शान्ति रहनेछ। पढाइ तथा प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ। सामाजिक प्रतिष्ठा र मान बढ्नेछ। रोकिएको पैसा फिर्ता हुने सम्भावना प्रबल देखिन्छ। व्यापार सम्बन्धी यात्राबाट लाभ हुनेछ। व्यक्तित्व आकर्षक बन्नेछ। सन्तानतर्फबाट सुखद समाचार मिल्नेछ। पारिवारिक जीवनमा सुख, शान्ति र समझदारी बढ्नेछ। व्यापार व्यवसायमा बिस्तारको सम्भावना देखिन्छ। मिहिनेतले राम्रो प्रतिफल दिनेछ। केही चुनौतीहरू आउन सक्छन्, तर धैर्यले पार गर्न सकिनेछ। नयाँ आम्दानीका स्रोतहरू विकास हुनेछन्, जसले भविष्य उज्यालो बनाउनेछ।

प्रकाशित : आइतबार, बैशाख २१, २०८२२०:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बैशाख २३ गतेको राशिफल : मङ्गलबारको दिन १२ राशिका दिन शुभ – अशुभ कसरी बित्ला ?