काठमाडौँ — दाङको तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको हिमाल बोर्डिङ स्कूलमा कक्षा १२ का विद्यार्थी सुरेश सुनारले आफ्नै शिक्षक विशेष श्रेष्ठमाथि खुँडा प्रहार गरेका छन्।
प्रहरीले जानकारी दिएको अनुसार, शुक्रबार विहान करिब १०:३० बजे विद्यालय नजिकै श्रेष्ठमाथि गरिएको यस हमलामा उनका बाँया खुट्टा र दुवै हातको पाखुरा गम्भीर घाइते भएका थिए।
घाइते शिक्षक हाल राप्ती प्रादेशिक अस्पतालमा उपचाररत छन्।
घटनाको तुरुन्तै पछि फरार भएका सुरेश सुनारलाई प्रहरीले शनिबार राति करिब ८:४५ बजे पक्राउ गरेको छ।
दाङ प्रहरीले प्रहारको कारण खुल्न नसकेको र घटना बारे थप अनुसन्धान भइरहेको बताएको छ।