एजेन्सी : भारतको गुजरातको सुरतमा २३ वर्षीया एक शिक्षिकाले आफ्नै १३ वर्षीय छात्रलाई लिएर भागेपछि शिक्षक–विद्यार्थी सम्बन्धमा ठूलो कलङ्क लागेको छ। चार दिनपछि दुवैलाई सुरत प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको सोधपुछमा ती शिक्षिकाले आफू पाँच महिनादेखि गर्भवती भएको स्वीकारिन् र १३ वर्षीय छात्रलाई देखाउँदै भनिन्, “उही मेरो गर्भमा रहेको शिशुको पिता हुन्।” उनले बताइन् कि आफू गर्भवती भएको थाहा पाए पछाडि अर्को सहरमा बस्ने योजना बनाएर छात्रलाई लिएर भाग्न पुगेकी हुन्।
घटनाबारे प्रहरीले किशोरको स्वास्थ्य परीक्षण गराएको थियो र रिपोर्टअनुसार उसमा पिता बन्न शारीरिक रूपमा पूर्ण क्षमता रहेको देखिएको छ। अब शिक्षिकाको गर्भमा रहेको शिशु र किशोरबीच डीएनए परीक्षण गरी थप कानूनी कारबाही अघि बढाउने तयारी भइरहेको छ। शिक्षिकाविरुद्ध नाबालिग अपहरणको मुद्दा दर्ता भइसकेको छ।
प्रहरीसमक्ष बयान दिँदै ती किशोरले पनि आफ्ना शिक्षकासँग एक वर्षदेखि प्रेमसम्बन्धमा रहेको सुनाए। उनीहरुसँग हुने ट्युसनका क्रममा शारीरिक सम्बन्ध सुरु भएको र गर्भधारण भएपछि फरार हुने निर्णयमा पुगेको किशोरले बताएका छन्।