काठमाडौँ । सान्भि इनर्जी लिमिटेडले वैशाख ५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको पहिलो चरणको आईपीओमा आवेदन आजसम्म दिन सकिने जनाएको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएर प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ३७ लाख ९० हजार कित्ता शेयर निष्कासन गरेको छ। यसमध्ये ८ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको हो।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले ईलाम नगरपालिका वडा नं. १०, माईजोगमाई गाउँपालिका वडा नं. १, ३ र ४ र सूर्योदय नगरपालिका वडा नं. १० र ११ का स्थानीयले आवेदन दिन सक्नेछन्। आवेदनका लागि न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ता माग गर्न पाइने व्यवस्था गरिएको छ।
सान्भि इनर्जीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। पहिलो चरणको बाँडफाँडपछि दोस्रो चरणमार्फत सर्वसाधारणका लागि बाँकी रहेका २६ लाख १९ हजार कित्तासम्मको आईपीओ जारी गरिने कम्पनीको योजनामा समावेश छ।