विमानस्थल काण्डपछि ट्राफिक प्रहरीले बुटले हानेको भिडियो भाइरल

काठमाडौं : बिहीबारदेखि सामाजिक सञ्जालमा ट्राफिक प्रहरीले एक सर्वसाधारण युवकमाथि निर्घात कुटपिट गरेको भिडीयो भाइरल बनेको छ। भिडीयोमा देखिन्छ कि व्यस्त सडकछेउमा चार जना ट्राफिक प्रहरीले घेरो बनाएर एक पुरुषलाई खुट्टाले प्रहार गर्दै, उचाल्दै र पछार्दै अमानवीय व्यवहार गरेको छ।

घटना कहिले र कहाँको हो भन्ने अहिले सम्म पुष्टि हुन सकेको छैन। भिडियोमा ती युवक अचेत भएको देखिन्छ भने प्रहरीले उनको अनुहारमा कागजात फाल्दै थप अपमानजनक व्यवहार गरेको पनि स्पष्ट छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले भने, “भिडियोमा देखिएका ज्याकेटहरू जाडोकालीन प्रकारका भए पनि पुरानो वा नयाँ भन्ने कुरा पक्का गर्न अझ अनुसन्धान जारी छ।” उनका अनुसार, स्थान–समय खुलाउन र कुटपिटमा संलग्न पदाधिकारीको पहिचान गर्न थप प्रमाण सङ्कलन भइरहेको छ।

यसैबीच जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले पनि ट्राफिक प्रहरी कार्यालयलाई विषयस्तरिय छानबिनका लागि निर्देशन गरिसकेको बताए। उनले भने, “हामीले भिडियो अध्ययन गरिसकेका छौँ र दोषीलाई कानूनी कारबाही गर्न आवश्यक कदम चालिनेछ।”

समाजमा प्रहरी बलको अनुचित व्यवहारप्रति बढ्दो असन्तुष्टि छ। मानवअधिकार समूहहरू र सरोकारवालाहरूले पारदर्शिता र जवाफदेहिताका लागि माग तेज पारिरहेका छन्। प्रहरी उच्च नेतृत्वले पनि बल प्रयोग नीति र प्रशिक्षणमा पुनरावलोकन गर्ने आश्वासन दिएको छ।

केही दिनअघिदेखि सामाजिक सञ्जालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन कक्षमा एक युवा यात्रुसँग दुर्व्यवहार तथा कुटपिट गर्ने भिडिओ भाइरल बनेको थियो।

भिडिओमा चैत ३१ गते दुबईबाट स्वदेश फर्किएका मोरङका सञ्जय ओझामाथि विमानस्थल सुरक्षा कार्यालयका कर्मचारी र ट्राफिक प्रहरीले अनुशासनहीन व्यवहार गरेको देखिन्छ।

घटना सार्वजनिक भएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयले संलग्न तीनजना प्रहरी कर्मचारीलाई विमानस्थल सुरक्षा जिम्मेवारीबाट हटाएर रानीपोखरीमा छानबिनका लागि बोलाएको थियो।

प्रकाशित : बिहिबार, बैशाख ११, २०८२१९:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मन्त्री गुरुङ्ग – “फेसबुकले नेपालको जिडिपीभन्दा बढी आम्दानी हुने भन्दै घमण्ड देखायो”