पियोर इनर्जीको आईपीओ बाँडफाँट सम्पन्न, नतिजा हेर्न कुर्नुपर्ने

बैशाख ११ गते, बिहीबार : पियोर इनर्जीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको आईपीओ बाँडफाँट नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा गरिएको हो, जुन यस आईपीओको बिक्री प्रबन्धक समेत हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख ९५ हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि गत चैत २८ गतेदेखि बैशाख २ गतेसम्म निष्काशन गरेको थियो, जसको कुल रकम ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको हो।

उक्त आईपीओमा कुल १८ लाख ५४ हजार ४९७ जनाले २ करोड १० लाख ५३ हजार ४६० कित्ता शेयरका लागि आवेदन दिएका थिए। तीमध्ये १८ लाख ४६ हजार ६६४ आवेदन स्वीकृत भएका छन् भने ६ हजार ४२६ आवेदन विभिन्न कारणले अस्वीकृत भएका छन्।

मागभन्दा धेरै आवेदन परेपछि बाँडफाँट गोलाप्रथामार्फत गरिएको हो। त्यसअनुसार १ लाख १९ हजार ५२० जना आवेदकले बराबररुपमा १० कित्ताका दरले शेयर प्राप्त गरेको बिक्री प्रबन्धकले जानकारी दिएको छ। पियोर इनर्जीको आईपीओ रिजल्ट यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ तर त्यसको लागि केही समय प्रतीक्षा गर्नुपर्नेछ।

प्रकाशित : बिहिबार, बैशाख ११, २०८२०९:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :