बैशाख महिनाको राशिफल : २०८२ सालको पहिलो महिना १२ राशिलाई शुभ – अशुभ कस्तो रहला ?

२०८२ साल बैशाख महिनाको राशिफल

मेष राशि :
यो महिना मध्यम फलदायी रहनेछ । कामको चाप बढ्नाले शारीरिक थकान महसुस हुनसक्छ, तर स्वास्थ्य भने सामान्य रहनेछ । आर्थिक कामहरूबाट राम्रो फाइदा हुनेछ । सम्मान र प्रतिष्ठा बढ्ने सम्भावना पनि छ । अध्ययनमा सन्तोषजनक प्रगति हुनेछ । महिनाको सुरुवातमा खर्च बढ्न सक्छ, तर अन्त्यतिर आय बढ्ने, रमाइलो गर्ने अवसर आउँनेछ ।

वृष राशि :
शारीरिक र मानसिक अवस्था सन्तुलित रहनेछ । धार्मिक तथा सामाजिक काममा रुचि बढ्नेछ । घुमफिर र मनोरञ्जनका अवसर मिल्नेछन् । आफन्तसँग भेटघाटले मन प्रफुल्ल बनाउनेछ । पढाइ र धर्मतर्फ आकर्षण हुनेछ । महिनाको पहिला भागमा काममा सफलता मिल्नेछ भने अन्त्यमा खर्च र व्यर्थको मेहनतले केही तनाव दिन सक्छ ।

मिथुन राशि :
उत्साह र आत्मविश्वास उच्च रहनेछ । प्रतिस्पर्धात्मक माहोलमा सफलता मिल्नेछ । तर, सवारी र यात्रामा सावधानी आवश्यक छ, सामान्य चोटपटकको सम्भावना छ । आर्थिकरूपमा राम्रो प्रगति देखिन्छ । साथीभाइसँग रमाइलो भेटघाट हुनेछ । महिनाको सुरुमा सामाजिक काममा संलग्न हुनुपर्नेछ भने अन्त्यतिर आकस्मिक यात्रा हुनसक्छ ।

कर्कट राशि :
स्थान परिवर्तन र आकस्मिक यात्राको सम्भावना छ । व्यस्तता बढ्नेछ, जसले केही दौडधूप गराउँछ । केही काममा अवरोध आए पनि अन्ततः सफलता मिल्नेछ । लेनदेनमा सचेत हुनुपर्नेछ । पढाइप्रति रुचि रहनेछ । महिनाको पहिलो भागमा चिन्ताजनक अवस्था हुनसक्छ, तर दोस्रो भागमा आर्थिक लाभ र पारिवारिक खुसी मिल्नेछ ।

सिंह राशि :
सवारी वा यात्रा गर्दा सावधानी अपनाउनु राम्रो हुनेछ । सामान्य स्वास्थ्य समस्या देखिन सक्छ । पारिवारिक खर्च बढ्न सक्छ । पढाइमा औसत परिणाम आउने सम्भावना छ । सन्तानको चिन्ता हुन सक्छ । साथीहरूसँग सम्बन्धमा ध्यान दिनु पर्ने देखिन्छ । महिनाको सुरुमा रमाइलो भए पनि अन्त्यमा केही मानसिक चाप हुन सक्छ ।

कन्या राशि :
पढाइमा रुचि यथावत् रहनेछ । मानसिक र शारीरिक स्वास्थ्य सामान्य रहनेछ । सामाजिक र धार्मिक क्रियाकलापमा भाग लिने अवसर मिल्नेछ । जागिरे वर्गका लागि पदोन्नतिको सम्भावना छ । खर्च सामान्यभन्दा बढी हुनसक्छ । वैवाहिक सम्बन्धमा सानो मनमुटाव हुनसक्छ । अन्त्यतिर आय र मनोरञ्जनको अवसर आउनेछ ।

तुला राशि :
स्वास्थ्य सन्तोषजनक रहनेछ । रोकिएका कामहरू सम्पन्न हुँदै जानेछन् । वैवाहिक सम्बन्धमा सानो मनमुटाव आउन सक्छ । पढाइमा केही अड्चन देखिन्छ । आकस्मिक यात्रा सम्भावित छ । आफन्तसँगको भेटले खुसी ल्याउनेछ । महिनाको सुरुमा खर्च बढ्न सक्छ, तर पछि आयका नयाँ स्रोत फेला पर्न सक्छन् ।

वृश्चिक राशि :
कामको चाप बढ्नाले केही थकान लाग्न सक्छ, तर आत्मबल उच्च रहनेछ । घुमघाम र परिवारसँग समय बिताउने अवसर मिल्नेछ । वैवाहिक सम्बन्धमा हल्का तनाव देखिन्छ । पढाइमा प्रगति सुस्त देखिन्छ । धार्मिक र सामाजिक काममा समय दिन मन लाग्नेछ । खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउन सक्छ ।

धनु राशि :
पारिवारिक तनाव र खर्चमा वृद्धि हुने देखिन्छ । यात्रा गर्दा होशियार रहनु उपयुक्त हुनेछ । पढाइमा बाधा आउन सक्छ । लगानी र लेनदेनमा सतर्कता आवश्यक छ । स्वास्थ्य बिस्तारै सुधार हुँदै जानेछ । महिनाको सुरुमा आयको सम्भावना देखिए पनि अन्त्यतिर खर्च र स्वास्थ्य समस्याले केही असर पार्न सक्छ ।

मकर राशि :
सफलताले भरिएको महिना हुनेछ । आत्मबल र कार्यक्षमता बढ्नेछ । स्वास्थ्य पनि सामान्य रहनेछ । पढाइमा सफलता मिल्नेछ । घरायसी र मनोरञ्जनमा खर्च गर्नुपर्नेछ । यात्रा गर्दा सावधानी अपनाउनु राम्रो हुन्छ । युवा वर्गले प्रेम र रमाइलोको मौका पाउनेछन् । महिनाको सुरु उत्साहपूर्ण भए पनि अन्त्यमा केही ढिलासुस्ती देखिन सक्छ ।

कुम्भ राशि :
आर्थिक पक्षमा सतर्कता आवश्यक छ, विशेष गरी लेनदेनमा । धर्म र सामाजिक काममा रुचि बढ्नेछ । पढाइमा केही अवरोध आउन सक्छ । स्वास्थ्यमा समस्या नदेखिए पनि खर्च बढ्ने देखिन्छ । आँखा र पेटसम्बन्धी समस्या देखा पर्न सक्छ । महिनाको अन्त्यमा आय र रमाइलोको अवसर मिल्नेछ ।

मीन राशि :
गर्न चाहेका काममा अनपेक्षित बाधा आउन सक्छ, जसले मन खिन्न बनाउँछ । खर्च बढ्नाले आर्थिक चाप महसुस हुन सक्छ । सामान्य शारीरिक कमजोरी रहनेछ । यात्रामा विशेष सावधानी आवश्यक छ । विवादमा नपरिन ध्यान दिनुपर्छ । पढाइप्रति भने गहिरो आकर्षण रहनेछ । आकस्मिक यात्रा र व्यस्तता बढ्ने सम्भावना पनि छ ।

प्रकाशित : बिहिबार, बैशाख ०४, २०८२१६:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बैशाख ५ गतेको राशिफल : १२ राशिका दिन शुक्रबार शुभ – अशुभ कस्तो रहला ?