बैशाख २ गतेको राशिफल : २०८२ सालको दोश्रो दिन १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?

बैशाख २ गतेको पञ्चाङ्ग :
दिन : मंगलवार
तिथि : द्वितिय, ०९:०२ बजेपछि तृतीया
नक्षत्र : विशाखा, ०१:२३ बजेपछि अनुराधा
योग : सिद्धि, २२:०७ बजेपछि व्यतीपात
करण : गर, ०९:०२ बजेपछि वणिज, २२:०१ बजेउप्रान्त भद्रा

• मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पारिवारिक सहयोग मिल्ने दिन हो। घरमा कुनै धार्मिक कार्यक्रम हुनसक्छ, जसले सबैमा सकारात्मक ऊर्जा ल्याउनेछ। कोही नजिकका व्यक्तिबाट नयाँ कपडा उपहार स्वरूप प्राप्त हुन सक्छ। आत्मविश्वास उच्च रहनेछ, तर स्वास्थ्यमा सामान्य समस्या देखा पर्न सक्छ, विशेष गरी टाउको दुख्ने वा रगत चढ्ने समस्या। क्रोध र आवेगलाई नियन्त्रण गर्नुहोस्, अन्यथा सम्बन्धमा तिक्तता आउन सक्छ। बोलीमा मधुरता कायम राख्नु उत्तम हुनेछ।

• वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिश्रमको मात्रा बढी हुनेछ, तर त्यसअनुसार फाइदा पनि प्राप्त हुनेछ। स्वास्थ्यप्रति सचेत हुनु आवश्यक छ, विशेष गरी पेट र नशासम्बन्धी समस्या देखिन सक्छ। मनमा हल्का चञ्चलता रहन सक्छ। बुवाको स्वास्थ्य कमजोर हुनसक्ने भएकाले विशेष ध्यान दिनुहोस्। जागिरमा सरुवा वा भूमिका परिवर्तनको सम्भावना छ। खर्चमा अस्वाभाविक वृद्धि हुन सक्छ। राजनीतिक वा सामाजिक व्यक्तित्वहरूसँग कुराकानी हुनसक्छ, त्यसबाट अवसर आउन सक्छ।

• मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज तपाईंको लागि चुनौती र अवसर दुवै आउने दिन हो। मानसिक रूपमा केही द्विविधामा रहन सक्नुहुन्छ। स्वास्थ्यमा उतारचढाव आउने सम्भावना छ, विशेषगरी थकान वा टाउको दुखाईले सताउन सक्छ। बुवाको स्वास्थ्य ख्याल गर्नुहोला। जागिरमा स्थानान्तरणको संकेत देखिन्छ। खर्चमा वृद्धि हुनसक्छ, त्यसैले योजना अनुसार खर्च गर्नुहोस। राजनीतिक भेटघाट लाभदायक बन्न सक्छ।

• कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ, जसले तपाईंलाई व्यस्त बनाउनेछ। आमाको साथ र सल्लाह तपाईंको लागि प्रेरणादायी बन्नेछ। मनमा सन्तोष र उत्साह दुवै रहनेछ। व्यापार वा योजना विस्तारमा साथीहरूको साथ मिल्ने सम्भावना छ। जागिरमा अधिकारीहरूको समर्थन पाइनेछ, तर स्थानान्तरणको संकेत पनि छ। विवाद र बहसबाट टाढा रहनु बुद्धिमानी हुनेछ।

• सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्यभार बढ्न सक्छ, जसले मानसिक तनाव ल्याउनेछ। धैर्य र संयमता आवश्यक छ। जीवनसाथीसँगको सम्बन्धमा कटुता आउन नदिन, संवादमा सजग रहनुहोला। आफ्नो व्यवहार र प्रतिक्रियामा नियन्त्रण राख्नुहोस्। अधिकारीहरूसँग मतभेद हुन सक्छ, तर सहकार्यले समाधान आउन सक्छ। कार्यक्षेत्रमा स्थान परिवर्तनको सम्भावना प्रबल छ।

• कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
उच्च शिक्षाको लागि विदेश जाने सम्भावना बलियो छ। मानसिक तनाव घटाउन ध्यान वा ध्यान केन्द्रित गर्न मिल्ने क्रियाकलापमा लाग्नु लाभदायक हुनेछ। जागिर वा काममा परिवर्तन हुन सक्छ। पारिवारिक समस्यामा ध्यान दिनुहोस्, नत्र सम्बन्धमा दूरी बढ्न सक्छ। अध्ययनमा मन लाग्नेछ र शैक्षिक सफलताका संकेत देखिन्छन्।

• तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनमा हल्को निराशा र असन्तुष्टिको भाव हुन सक्छ। यस्ता बेला सकारात्मक सोच राख्नु जरूरी छ। राजनीतिज्ञ वा उच्च पदस्थ व्यक्तिसँगको सम्पर्कले लाभ दिलाउन सक्छ। काममा केही नयाँ अवसर देखिन्छन्। पैतृक सम्पत्तिसँग सम्बन्धित विषयमा विवाद हुन सक्ने सम्भावना छ, त्यसमा सचेत रहनुहोस्। आत्मविश्वास त प्रबल हुनेछ, तर बोल्दा सन्तुलन कायम राख्न जरुरी छ।

• वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज खर्चमा वृद्दि हुने संकेत छन्, विशेषगरी लुगा वा विलासी सामानहरूमा। तर कुनै शुभ समाचार पनि प्राप्त हुनसक्छ, जसले दिनलाई उत्साहजनक बनाउनेछ। आत्मबलमा बढोत्तरी हुनेछ। बोलीमा मधुरता राख्नुस्, जसले सम्बन्धमा मिठास ल्याउनेछ। यात्राबाट लाभ मिल्ने सम्भावना छ। सम्पत्ति वा घरबाट आय आइसकेको देखिन्छ।

• धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नोकरीमा उन्नतिको सम्भावना देखिन्छ। यद्यपि मनमा द्विविधा उत्पन्न हुन सक्छ। बौद्धिक वा अनुसन्धान कार्यमा चुनौती आउन सक्छ, त्यसैले तयारीमा ध्यान दिनुहोस्। आम्दानीमा वृद्धिको संकेत छ, जसले आर्थिक सन्तुलन कायम राख्नेछ। थोरै विरोध हुँदाहुँदै पनि उच्च पदाधिकारीको साथ मिल्नेछ। मानसिक रूपमा सन्तुलित रहने प्रयास गर्नुहोला।

• मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पैतृक सम्पत्तिबाट लाभ मिल्न सक्छ। पुराना साथीसँग पुनर्मिलनले खुशी ल्याउनेछ। यद्यपि, आत्मबल कमजोर रहन सक्छ, त्यसैले आत्म-संवादमा प्रेरणादायी विचार राख्नुहोला। साथीभाइबाट सहयोग पाउनु हुनेछ। परिवारभित्र सानो विवादले मन खिन्न बनाउन सक्छ। खर्च बढ्नसक्छ, त्यसैले संयमित बनौं। सन्तानको मामिलामा चिन्ता बढ्न सक्छ।

• कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बोलिमा मिठास रहनेछ, जसले सामाजिक सम्बन्ध सुधार्नेछ। साथीभाइको साथले काममा सफलता प्राप्त हुनेछ। सन्तानबाट खुसीको खबर आउन सक्छ। शिक्षा सम्बन्धी कार्यमा सकारात्मक परिणाम देखिन्छ। उच्च शिक्षा वा विदेश यात्राको योजना बन्न सक्छ। तर, धैर्यताको कमीले समस्या निम्त्याउन सक्छ, त्यसैले मनलाई स्थिर राख्नुहोस्। खानपानमा विशेष ध्यान दिनुपर्छ।

• मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आजको दिन उच्च पद प्राप्त गर्ने अवसर ल्याउनेछ। घरमा धार्मिक वा सांस्कृतिक कार्यक्रमको आयोजना हुनसक्छ। मनमा कहिले क्रोध त कहिले सन्तुष्टि आउनेछ। परिवारबाट सहयोग प्राप्त हुनेछ। तर, आलस्य बढ्न सक्छ, जसले कार्यमा ढिलाइ ल्याउन सक्छ। स्वास्थ्यमा सामान्य गडबडी देखिन सक्छ। जागिरमा परिवर्तनको संकेत देखिन्छ।

प्रकाशित : मङ्गलबार, बैशाख ०२, २०८२०८:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साप्ताहिक राशिफल : नववर्षको पहिलो हप्ता १२ राशिलाई शुभ – अशुभ कस्तो रहला ?