अबको १ महिनासम्म यी राशिको जीवनमा आउनेछ ठूलो परिवर्तन, हुनेछ मंगल देवको कृपा

ग्रहहरूको चाल र तिनीहरूको राशि परिवर्तनले मेष राशिदेखि मीन राशिमा प्रभाव पार्छ। हिन्दू पात्रोका अनुसार मंगल ग्रह १ जुलाई बिहान १:५२ मा सिंह राशिमा प्रवेश गरेको थियो यो अगस्ट १८ सम्म सिंह राशिमा रहनेछ। ज्योतिषीहरूका अनुसार मंगल ग्रहले साहस, पराक्रम र रगतको प्रतिनिधित्व गर्दछ। सिंह राशिमा मंगल ग्रहको प्रवेशले केही राशिका व्यक्तिहरूलाई लाभ मिल्ने भएको छ। आउनुहोस्, मंगल ग्रहको गोचरले कुन-कुन-कुन राशिलाई शुभ हुनेछ?

सिंह राशि

सिंह राशिका व्यक्तिहरुका लागि मंगल ग्रहको गोचर शुभ साबित हुन सक्छ। किनकी मंगल ग्रह यस राशिको धनको घरमा प्रवेश गर्दैछ। त्यसैले यस समयमा अचानक धन प्राप्त गर्न सकिन्छ। यसका साथसाथै मौद्रिक लाभका लागि शुभ अवसरहरू हुनेछन् र नयाँ व्यवसायमा पनि हात हाल्न सक्नुहुन्छ। थसाथै तपाईले आफ्नो आत्मविश्वासमा वृद्धि देख्नुहुनेछ।

धनु राशि

यो समय धनु राशिलाई लाभदायक साबित हुन सक्छ। काम र व्यवसायमा सफलता पाउन सक्नुहुन्छ। यसका साथसाथै काम गर्ने व्यक्तिको पद र प्रभावमा वृद्धि हुनेछ र करियरमा उन्नतिको राम्रो अवसर मिल्नेछ। व्यवसायीका लागि मंगलको गोचर राम्रो रहनेछ। व्यापार विस्तार हुनसक्छ। अर्कोतर्फ, कामको खोजीमा रहेकाहरूले नयाँ काम पाउन सक्छन्।

मीन राशि

यो समयमा आफ्नो जीवन साथीको सहयोग पाउन सक्नुहुन्छ। उनीहरुको सहयोगमा धन आर्जन गर्न सकिनेछ। यसका साथै मीन राशिको स्वामी बृहस्पति हो र मंगल ग्रहको बृहस्पतिसँग मित्रताको भावना रहेको छ। यस समयमा साझेदारीमा व्यापार गर्नुहुन्छ भने, यो अवधि तपाईंको लागि लाभदायक साबित हुनेछ। साथै, यस समयमा मान सम्मान र प्रतिष्ठा प्राप्त गर्न सक्नुहुनेछ। अर्कोतर्फ राजनीतिमा आबद्ध व्यक्तिले केही पद पाउन सक्छन्।

प्रकाशित : मङ्गलबार, साउन ०२, २०८०१३:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पर्सि हुनेछ सबैभन्दा ठूलो नक्षेत्र परिवर्तन, ३ राशिलाई पर्नेछ शुभ प्रभाव