भोलिबाट कुम्भ सहित यी राशिका व्यक्ति रहनुहोस् सावधान, आउनेछ अनेक समस्या

ग्रहहरूको राजकुमार, बुध ८ जुलाई बिहान १२:०५ बजे कर्कट राशिमा गोचर हुनेछ, यो परिवर्तनले सबै १२ राशिमा धेरै परिवर्तन ल्याउनेछ। मिथुन र कन्या राशिको स्वामी बुध ग्रहलाई मानिन्छ र यसले शिक्षा, बुद्धिमत्ता, सञ्चार, वाणिज्य र व्यापारसँग सम्बन्धित घरहरूमा शासन गर्दछ। बुधको गोचरमा कतिपय राशिका लागि कठिनाइ बढ्न सक्छ भने कतिपय राशिका लागि प्रचुर लाभ मिल्नेछ। बुधको गोचरमा कुन राशिमा असर पर्नेछ क-कसलाई हानि पुग्छ जान्नुहोस्-

मेष राशि  

मेष राशिका व्यक्तिहरूले चुनौतीको सामना गर्नुपर्नेछ। बुधको गोचरले जीवन साथीसँग विवाद बढाउन सक्छ र घरमा धेरै चुनौतीहरू ल्याउन सक्छ। आर्थिक समस्या पनि आउन सक्छ, जसका कारण असुरक्षित महसुस हुनेछ। यो कठिन समय सधैँभरि रहँदैन।

वृश्चिक राशि  

बुधको गोचरले क्षमताको परीक्षण गर्न सक्छ। कामको दबाब बढ्न सक्छ र सहकर्मी र उच्च अधिकारीहरूसँगको सम्बन्ध तनावपूर्ण हुन सक्छ। व्यापार व्यवसायमा कडा प्रतिस्पर्धा छ। चुनौतीपूर्ण परिस्थितिहरूको बिचमा ध्यान केन्द्रित र शान्त रहन सम्झनुहोस्।

कुम्भ राशि 

बुधको गोचरले तपाईका लागि धन र प्रतिष्ठा दुवैमा हानि हुने सङ्केत गरिरहेको छ। रोजगारीको खोजीमा हुनुहुन्छ वा करियर परिवर्तन खोज्दै हुनुहुन्छ भने, तपाइँको आकाङ्क्षा पूरा हुन् समय लाग्नेछ। यस समयमा सावधानी अपनाउन र आवेगपूर्ण निर्णयहरू गर्नबाट जोगिनुहोस्।

प्रकाशित : शुक्रबार, असार २२, २०८०१०:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मेष राशिमा बृहस्पतिको गोचर, यी ५ राशिको भाग्य चम्किने, जागिर र व्यापारमा अपार प्रगति