काठमाडौँ : – वैदिक ज्योतिष शास्त्र अनुसार शनिदेव असार २ गते (१७ जुन) शनिबार कुम्भ राशिमा वक्री हुँदैछ। कर्मफल दाता शनि देव आफ्नो मूलत्रिकोण राशि कुम्भमा अब आउँदो ६ महिनाको लागि वक्री हुँदैछ। शनिसँगै राहु र केतु ग्रह पनि वक्री अवस्थामा गोचर गर्नेछ।
यसरी अबको ६ महिनासम्म ३ ग्रह उल्टो चालमा रहनेछ। त्यसैले यी ग्रहको उल्टो चालको प्रभाव सबै राशिका राशिका जातकमा देखिनेछ। तर यस्ता ३ राशि छन्, जसले यस समयमा अलि सावधानी अपनाउनुपर्ने हुन्छ। यसको मतलब उनीहरूले स्वास्थ्य र धन हानि भोग्न सक्छन्। आउनुहोस् जानौं यी राशिहरु कुन – कुन हुन्।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
सिंह राशिका जातकलाई शनि, राहु र केतु ग्रह वक्री हुनु हानिकारक साबित हुन् सक्छ। तसर्थ, यस समयमा तपाईले आफ्नो कडा परिश्रम अनुसार नतिजा नपाउँदा निराश हुन सक्नुहुन्छ। साथै तपाईले यस अवधिमा जागिर पनि परिवर्तन गर्न सक्नुहुन्छ। तर तपाईले यो निर्णय अत्यन्तै सोचविचारपूर्वक लिनुपर्नेछ।
व्यापार – व्यवसायमा धनराशि अड्किन सक्छ। कुनै कानुनी समस्या वा प्राविधिक कारणले तनावमा पर्न सक्नुहुन्छ। साथै, यस समयमा तपाईले सावधानीपूर्वक गाडी चलाउनुपर्छ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
शनि, राहु र केतु ग्रह वक्री हुनु कर्कट राशिका जातकलाई प्रतिकूल सिद्ध हुन् सक्छ। त्यसैले यस समयमा तपाईलाई कुनै न कुनै विषयमा तनाव हुन सक्छ। यसका साथै अचानक खर्चको योग सृजना भइरहनेछ। यदि ऋण लिनुभएको छ भने तपाईमाथि थप दबाब बढ्दै जानेछ।
त्यस्तै यस अवधिमा कसैलाई पैसा सापटी नदिनुहोस्। अन्यथा पैसा डुब्न सक्छ। जीवनसाथीको स्वास्थ्य अवस्था बिग्रन सक्छ। यसका साथै जीवनसाथीसँग तनावको स्थिति आउन सक्छ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
शनि, राहु र केतु वक्री हुनु वृश्चिक राशिलाई हानिकारक सिद्ध हुन् सक्छ। तसर्थ, यस समयमा तपाईले आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्छ। साथै यस समयमा कुनै पनि नयाँ काम सुरु गर्नु हुँदैन। अन्यथा क्षति हुन सक्छ। साथै व्यापार व्यवसायमा आर्थिक अन्योलको स्थिति आउन सक्छ।
साझेदारीमा व्यापार गर्नेहरूको साझेदारहरूसँग मतभेद हुन सक्छ। साथै, लेनदेनमा सावधान रहनुहोस्, अन्यथा धन हानि हुन सक्छ।