धार्मिक मान्यता अनुसार हरेक दिन कुनै न कुनै देवताको नाममा समर्पित हुने गर्दछ। आज सोमबार र आजको दिन भगवान शिवलाई समर्पित छ। यस दिन भगवान शिवको पूजा–आराधना गर्दा मनोकामना पूरा हुने मान्यता रहेको छ। ज्योतिषशास्त्रका अनुसार सोमबार केही उपाय गर्नाले भगवान शिवको आशीर्वाद प्राप्त हुन्छ र सबै समस्याबाट मुक्ति मिल्छ। जान्नुहोस् यी उपायहरू जसले घरमा सुख, समृद्धि र शान्ति ल्याउनेछ।
सोमबार भगवान शिवलाई चन्दन, अक्षता, काँचो दूध, धतुरो, गंगाजल, बेलपत्र अर्पण गर्नुहोस्। यस उपाय गर्नाले भगवान शिव छिट्टै प्रसन्न हुने जनविश्वास छ। सोमबार भगवान शिवलाई घ्यू, चिनी र गहुँको पीठो चढाउनुहोस् र भोग पछि आरती गर्नुहोस्। यसो गर्दा घरमा सुख र समृद्धि आउने विश्वास गरिन्छ।

सोमबार बिहान सूर्य उदय हुनु भन्दा पहिला उठेर नुहाएर भगवान शिवको पूजा गर्नुपर्छ। यसो गर्नाले भगवान शिवले सबै मनोकामना पूरा गर्ने जनविश्वास छ। धार्मिक मान्यता अनुसार भगवान शिवको आशीर्वाद प्राप्त गर्न सोमबार महामृत्युञ्जय मन्त्रको १०८ पटक जप गर्नुपर्छ। यसो गर्नाले रोकिएका सबै काम पुरा हुने जनविश्वास छ। सोमबार नुहाएपछि सेतो कपडा लगाएर गरिब तथा विपन्नलाई सेतो कपडा दान गर्नुहोस्। यसले कुण्डलीमा चन्द्रमाको स्थिति बलियो बनाउँछ।