वैदिक ज्योतिष शास्त्र अनुसार हरेक ग्रहले एक निस्चित अवधि भित्र राशि परिवर्तन गर्दछ। ग्रह र नक्षत्रको स्थितिमा हुने परिवर्तनले प्रत्येक राशिका मानिसको जीवनमा कुनै न कुनै रूपमा प्रभाव पार्छ। त्यसैगरी जुन महिनामा धेरै ग्रहहरुको राशि परिवर्तन हुन्छ। यीमध्ये सबैभन्दा प्रभावशाली ग्रह सूर्य र शनिको स्थिति पनि परिवर्तन भइरहेको छ।
जुन १५ मा सूर्य मिथुन राशिमा प्रवेश गर्दैछ भने १७ जुनमा शनि कुम्भ राशिमा प्रवेश गर्दैछ। शास्त्रका अनुसार दुवै ग्रहको स्थिति परिवर्तनले हरेक राशिका मानिसको जीवनमा प्रभाव पार्ने भएतापनि यी राशिका व्यक्तिहरुलाई विशेष लाभ मिल्ने छ। जान्नुहोस् कुन राशिका लागि सूर्य र शनिको स्थितिमा परिवर्तन हुन सक्छ लाभदायक।
हिन्दू पात्रो अनुसार ग्रहहरूको राजा सूर्यले जुन १५ मा साँझ ६ः०७ बजे मिथुन राशिमा प्रवेश गर्दैछन् । यसका साथै १७ जुनमा शनि १० बजेर ४८ मिनेटमा कुम्भ राशिमा फर्किनेछ। शनि र सूर्यको बीचमा पिता-पुत्रको सम्बन्ध छ तर दुवै ग्रहको एकअर्कासँग शत्रुता रहेको छ। जान्नुहोस् ग्रहहरुको स्थितिको कारण कुन राशिलाई शुभ हुनेछ।
मिथुन राशि
सूर्य यस राशिको पहिलो घरमा प्रवेश गर्दैछ। यस्तो अवस्थामा यस राशिका व्यक्तिहरूलाई विशेष लाभ मिल्न सक्छ, किनभने शनि पनि यस राशिका मानिसहरूका लागि लाभदायक साबित हुन सक्छ। हरेक क्षेत्रमा सफलता संगै ठुलो जागिरको प्रस्ताव प्राप्त गर्न सकिनेछ। घरमा सुख शान्ति छाउनेछ। परिवारसँग राम्रो समय बित्नेछ। सन्तानको पक्षबाट केही शुभ समाचार प्राप्त हुन सक्छ।
सिंह राशि
सूर्य र शनिको स्थितिमा परिवर्तन यस राशिका लागि लाभदायक साबित हुन सक्छ। यो राशिका व्यक्तिहरुलाई भाग्यको पूर्ण सहयोग मिल्नेछ। यसका साथै नोकरी तथा व्यवसायमा लाभ मिल्नुका साथै प्रगतिको प्रबल सम्भावना छ। दाम्पत्य जीवनमा सुख मात्र मिल्नेछ र समाजमा मान सम्मान पनि बढ्नेछ।
कन्या राशि
यस राशिमा सूर्य दशम भावमा गोचर गर्दैछ। यसका साथै छैठौं घरमा शनि प्रतिगामी छ। यस्तो अवस्थामा यो राशि भएका व्यक्तिहरूको लागि लगानी लाभदायक साबित हुन सक्छ। सेयर बजारमा लगानी गर्दा लाभ मिल्नेछ। व्यापारमा राम्रो प्रगति हुने सम्भावना छ। यसका साथै कार्यस्थलमा आफ्नो कामलाई हेर्दा केही नयाँ जिम्मेवारी पाउन सकिनेछ। यस्तो अवस्थामा तपाईलाई अगाडि बढ्ने राम्रो मौका मिल्न सक्छ।
मकर राशि
यस राशिमा सूर्य छैठौं घरमा गोचर गर्दैछ। यस्तो अवस्थामा यस राशिका व्यक्तिहरूलाई भाग्यको पूर्ण साथ मिल्नेछ। प्रेम जीवनमा माया र विश्वास बढ्नेछ। यसले सम्बन्धलाई बलियो बनाउन सक्छ। यसका साथै ऋणबाट पनि मुक्ति पाउन सकिन्छ। रोगबाट पनि मुक्ति पाउन सकिन्छ।