जुन महिना बुध वृष राशिमा प्रवेश, यी राशिलाई पर्नेछ अशुभ प्रभाव: कुन-कुन राशि !

ज्योतिषशास्त्र अनुसार बुध ग्रहको विशेष महत्त्व रहेको छ। एक राशिबाट अर्को राशिमा बुधको परिवर्तनले सबै १२ राशिहरूमा प्रभाव पार्छ। बुधलाई बुद्धि, व्यापार र सञ्चार आदिको कारक मानिन्छ। बुध जुन ७ मा मेष राशि छोडेर वृष राशिमा प्रवेश गर्नेछ। वृष राशिमा प्रवेश गर्ने बुधले केही राशिका लागि सकारात्मक परिणाम ल्याउनेछ। बुध परिवर्तनले कुन राशिलाई सावधान रहन पर्ने हुन्छ जान्नुहोस्-

मेष राशि 

मेष राशिका लागि बुध तेस्रो र छैटौँ घरको स्वामी हो। बुध यस राशिको दोस्रो घरमा प्रवेश गर्नेछ। यस अवधिमा कार्यक्षेत्रमा प्रगति गर्न सकिनेछ। व्यापारीलाई घाटाको सम्भावना छ। यो पारवहन अवधिमा आर्थिक हानि हुने सम्भावना छ। बहसबाट टाढा रहनुहोस्।

मिथुन राशि 

मिथुन राशिको पहिलो र चौथो घरको स्वामी बुध हो। यस समयमा बुध १२ औँ घरमा प्रवेश गर्नेछ। मिथुन राशिका व्यक्तिहरूले यस अवधिमा स्वास्थ्य सम्बन्धी समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ। अनावश्यक खर्चले तपाईलाई मानसिक तनाव दिन सक्छ। कार्यस्थलमा समस्या आउन सक्छ। कार्यस्थलमा विवादबाट टाढा रहनुहोस्।

कर्कट राशि  

कर्कट राशिका लागि बुध तेस्रो र १२ औँ घरको स्वामी हो। बुधको गोचर यस राशिको ११ औँ घरमा हुनेछ। यस अवधिमा वृष राशिमा बुधको प्रभाव कर्कट राशिका लागि नकारात्मक परिणाम ल्याउन सक्छ। आर्थिक हानि हुने सम्भावना छ। जागिर गुम्ने खतरा रहनेछ। स्वास्थ्यमा समस्या आउनेछ।

सिंह राशि 

सिंह राशिका लागि बुध २ र ११ औँ घरको स्वामी हो। बुधको गोचर यस राशिको दसौँ घरमा हुनेछ। वृष राशिमा बुधको प्रवेशले यस राशिलाई   लाभदायक साबित हुनेछैन। यस अवधिमा कुनै पनि महत्त्वपूर्ण निर्णय लिनु हुँदैन। धनमा कमी आउनेछ।

प्रकाशित : शुक्रबार, जेठ १२, २०८०१२:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनि र सूर्यले छिट्टै आफ्नो राशि परिवर्तन गर्दै, यी राशिलाई हुनेछ चौतर्फी लाभ !