आज बुधबार गरिएको यस्ता उपायले अन्त्य हुनेछ जीवनको सम्पूर्ण समस्या, गणपतिको हुनेछ कृपा दृष्टि !

बुधबार भगवान गणेशको नममा समर्पित छ। र यस दिन भगवान गणेशको गरिन्छ। गणेशलाई विघ्नहर्ता पनि भनिन्छ। यदि लगातार समस्या भइरहेको छ भने बुधबार केही उपाय अपनाएमा यी सबै समस्याबाट छुटकारा पाउन सकिन्छ। कुनै पनि शुभ कार्य गर्नु अघि भगवान गणेशको पूजा गर्ने मान्यता छ। भगवान गणेशलाई विघ्नहर्ताको नामले पनि चिनिन्छ।

बुधबार भगवान गणेशको लागि समर्पित छ। यस दिन गणेशको पूर्ण भक्तिपूर्वक पूजा-आराधना र व्रत गर्नाले व्यक्तिको हरेक मनोकामना पूरा हुन्छ र भगवान गणेशले जीवनमा आउने समस्याहरू हटाउँछन्। यसका साथै यस दिन केही ज्योतिषशास्त्रीय उपाय अपनाएमा ऋण, पैसाको संकट, व्यापार र करियरको समस्याबाट छुटकारा पाउन सकिन्छ।

ज्योतिष शास्त्रका अनुसार बुधबार पूर्ण विधिपूर्वक भगवान गणेशको पूजा गर्नुहोस्। पूजामा ११ जोडी दुबो चढाउनुपर्छ। यसो गर्दा गणेश जी छिट्टै प्रसन्‍न हुन्छ र हरेक मनोकामना पूरा हुन्छ।

घरमा झगडा भए, घरपरिवारमा मनमुटाव भएमा बुधबार गणेशको पूजा गर्दा माटोको दियोमा चार कपूरको डण्डी जलाउनुहोस्। सबैतिर धुवा फैलाउनुहोस्। यस्ती कार्य गर्दा सावधान रहनुहोस् कि कति आगोले नभेटोस् । यसो गर्दा घरमा सकारात्मक ऊर्जाको वास हुनेछ र घरका सदस्यहरूबीच प्रेम बढ्नेछ।

यदि कुनै व्यक्तिको कुण्डलीमा बुधको स्थिति खराब छ भने, आजको दिन कुनै गरीबलाई हरियो मुग दान गर्नुहोस्। यसो गर्दा कुण्डलीमा बुधको स्थिति ठीक हुनेछ र भगवान गणेशको कृपा कायम रहनेछ।

ज्योतिषशास्त्रका अनुसार बुधबार भगवान गणेशको बीज मन्त्रको जप गर्नु लाभदायक हुन्छ। यस दिन ॐ गणपतये नमः वा श्री गणेशाय नमः जप गर्नाले तपाईको जीवनमा आउने सबै समस्या हट्छ र उन्नति हुन थाल्छ।

प्रकाशित : बुधबार, जेठ १०, २०८०११:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जान्नुहोस् जुन महिनामा जन्मेका व्यक्तिहरूको स्वभाव, करियर कस्तो हुन्छ