१२ वर्षपछि गुरु-सूर्य विशेष संयोग, यी ३ राशिको जीवनमा आउनेछ राम्रो परिवर्तन !

वैदिक ज्योतिषमा ग्रहहरूको चाल र राशि परिवर्तनको विशेष महत्व रहेको छ। यस बाहेक कुनै एक राशिमा दुई ग्रहको संयोगले पनि सबै राशिका मानिसमा विशेष प्रभाव पार्ने गर्छ। ग्रहचक्रमा जब कुनै ग्रहले आफ्नो राशि परिवर्तन गर्छ वा कुनै एक राशिमा मिल्छ, यसले व्यक्तिको जीवनमा व्यापक प्रभाव पार्छ।

वैदिक ज्योतिषशास्त्रका अनुसार, नियमित अन्तरालहरूमा, दुई वा सो भन्दा बढी ग्रहहरू कुनै राशिमा मिल्दा दुर्लभ संयोजन बन्ने गर्छ। वर्तमान समयमा यस्तै दुर्लभ संयोग बनेको छ। १२ वर्षपछि मेष राशिमा बृहस्पति-सूर्यको संयोग बनेको छ। सूर्य-गुरु संयोगले सबै १२ राशिमा प्रभाव पार्ने भए पनि सूर्य-गुरुको यस्तो युतिले विशेषगरी ३ राशिलाई शुभ फल दिनेछ।

कर्कट राशि

कर्कट राशि हुनेहरुका लागि सूर्य–गुरुको संयोग निकै शुभ रहेको छ। यी राशिका व्यक्तिहरूलाई अब प्रायः सबै काममा राम्रो सफलता मिल्ने सम्भावना छ। भाग्यको राम्रो साथ मिल्दा नोकरी तथा व्यवसायमा राम्रो प्रगति हुने संकेत देखिन्छ। पहिलेको तुलनामा काम गर्नेहरुको आर्थिक स्थितिमा राम्रो वृद्धि हुनेछ र पदोन्नतिको सम्भावना छ। धनको आगमन पहिलेको तुलनामा बढ्न सक्छ।

धनु राशि

वैदिक ज्योतिष शास्त्रका अनुसार कुण्डलीको पाँचौं घरमा बृहस्पति र सूर्यको संयोग धनु राशिका व्यक्तिका लागि निकै लाभदायक हुन्छ। सन्तानको पक्षबाट शुभ समाचार सुन्न पाइनेछ। पैतृक सम्पत्तिको बिक्रीबाट राम्रो लाभ उठाउन सकिनेछ। नयाँ स्रोतबाट लाभ हुने सम्भावना पनि रहेको छ।

मकर राशि

मकर राशिका व्यक्तिहरूका लागि बृहस्पति-सूर्यको संयोग तपाईंको राशिफलको चौथो घरमा भइरहेको छ। यो मकर राशिका मानिसका लागि राम्रो संकेत हो। भौतिक सुखसुविधामा वृद्धि हुने सम्भावना छ। यस अवधिमा तपाईं आफ्नो घरमा विलासिताका वस्तुहरू किनमेल गर्न सक्नुहुन्छ। मिहिनेतको पूर्ण लाभ मिल्नेछ। आर्थिक लाभको राम्रो अवसर मिल्नेछ।

प्रकाशित : मङ्गलबार, जेठ ०९, २०८०१२:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्ता आमा-बाबु आफ्नै सन्तानको लागि हुन्छ शत्रु समान- चाणक्य नीति !