पर्सि शनिबारबाट ‘मृत्यु पञ्चक’ सुरु हुँदै, भुलेर पनि नगर्नुहोस् यस्ता कार्य !

काठमाडौँ : – हिन्दू धर्ममा पञ्चकलाई अशुभ मानिन्छ, त्यसैले पञ्चकको पाँच दिनमा कुनै शुभ कार्य गरिदैन्। यहाँसम्म कि पञ्चक कालमा मृत्युलाई पनि शुभ मानिँदैन। पञ्चकमा भएको मृत्युले परिवार-कुटुम्ब मा सङ्कट ल्याउने मान्यता छ। पञ्चक हरेक महिना लाग्छ र ती अलग-अलग प्रकारका हुन्छन्।

ज्योतिष शास्त्रका अनुसार यो १३ मे को बिहान १२:१८ बजे सुरु हुनेछ र १७ मे को बिहान ०७:३९ बजे समाप्त हुनेछ। यस पञ्चक शनिबारदेखि सुरु हुने हुँदा यसलाई मृत्यु पञ्चक भनिनेछ। यस समयावधिमा धेर सावधानी अपनाउनुपर्ने देखिन्छ।

पञ्चकको अवधिमा नगर्नुहोस् यी काम : – 

पञ्चकको समयमा गल्तीवश पनि काठ खरिद गर्नुहुँदैन्। काठ मात्र होइन, कुनै पनि इन्धन खरिद नगर्नुहोस्। यसो गर्नु निकै अशुभ मानिन्छ।

पञ्चक कालमा शव जलाउनु पनि शुभ मानिँदैन। पञ्चकमा एक व्यक्तिको मृत्यु हुँदा एक व्यक्तिले थप ४ जनालाई साथमा लैजाने जनविश्वास भएको कारण पञ्चकमा मृत्यु भएमा शवसँगै ४ वटा नरिवल राखिन्छ। ताकि परिवारका बाँकी सदस्यको स्वास्थ्य र जीवनमा कुनै सङ्कट नआओस्।

पञ्चक कालमा खाट, पलङ्ग र चारपाई बनाउनु शुभ मानिँदैन।

पञ्चक कालमा घरमा छानो हाल्नु पनि अशुभ मानिन्छ। यसो गरे अशुभ फल दिन्छ।

पञ्चक कालमा दक्षिण दिशाको यात्रा गर्नु पनि शुभ मानिँदैन। यदि यात्रा गर्न अत्यावश्यक छ भने केही उपाय गर्नुपर्नेछ।

प्रकाशित : बिहिबार, बैशाख २८, २०८०१२:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि शुक्रबार यी राशिलाई चौतर्फी लाभ हुने, हेर्नुहोस् राशिफल !