काठमाडौँ : – ज्योतिषशास्त्रका अनुसार ग्रह परिवर्तनले हाम्रो जीवनमा गहिरो प्रभाव पार्छ। जब कुनै ग्रह एक राशिबाट अर्को राशिमा प्रवेश गर्छ, यसले सबै १२ राशिलाई असर गर्छ। यो प्रभाव शुभ वा अशुभ दुवै हुन सक्छ। बैशाख २७ गते (१० मे) बुधबार मङ्गल ग्रह कर्कट राशिमा प्रवेश गरेको छ। मङ्गलको यो गोचरले ३ राशिलाई धेरै हानि – नोक्सानी हुन् सक्छः। धेरै दु:ख र समस्याहरूले उनीहरूको जीवनमा एक पछि अर्को गर्दै दस्तक दिन्छ। त्यसोभए जानौं यी अशुभ राशिहरु कुन – कुन हुन्। कुन-कुन राशिका जातकले मङ्गलको गोचरबाट सावधानी अपनाउन आवश्यक छ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मिथुन राशिका मानिसहरुले मंगल ग्रहको गोचरका कारण ठूलो नोक्सानी बेहोर्नु पर्ने देखिन्छ। आर्थिक नोक्सानी बेहोर्नु पर्न सक्छ । शत्रुहरू उनीहरूमाथि हावी हुन सक्छन्, उनीहरूले कसैलाई आँखा चिम्लेर विश्वास गर्नु हुँदैन। आफ्नै मान्छेले धोका दिन सक्छन्। अदालती मुद्दाहरू उनीहरूको पक्षमा हुनेछैनन्। मातापितासँग झगडा हुनसक्छ ।
दुर्भाग्यले तपाईलाई पछ्याउन सक्छ। जुन काम सुरु गर्नुहुन्छ ती काम असफल हुनेछन्। पैसाको कमी हुनेछ। समाजमा तपाईको इज्जत घट्न सक्छ । तपाईको घरमा निमन्त्रणा नगरिएका पाहुनाहरु आउन सक्छन्। विद्यार्थीहरूलाई पढाइमा घाटा हुन सक्छ। यसबाट बच्न मंगलबार हनुमान मन्दिरमा नरिवल चढाउनुपर्छ ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
आफ्नो जिब्रो नियन्त्रण गर्नुपर्छ। तपाईको रिसले सम्बन्ध बिगार्न सक्छ। नयाँ घर वा सवारीसाधन खरिद गर्नबाट पनि बच्नुहोस्। यसमा तपाईलाई हानि हुन सक्छ। कतै पैसा लगानी गर्नबाट पनि बच्नुपर्छ। अन्यथा ठूलो क्षति हुनसक्छ । कसैलाई पैसा सापटी नदिनुहोस्। तपाईको पैसा डुब्न सक्छ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ ।
वैवाहिक जीवनमा अवरोध आउन सक्छ। तपाई आफ्नो लक्ष्यबाट विचलित हुन सक्नुहुन्छ। योजना बनाएका काम समयमा पूरा हुनेछैनन्। यी समस्याबाट बच्न मंगलबार हनुमान चालिसाको पाठ गर्नुहोस् । मंगल ग्रहको दुष्प्रभावबाट बच्न मंगलबार कालो कुकुरलाई रोटी खुवाउनुपर्छ ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
तपाईका सपना चकनाचुर हुन सक्छ। तपाईका साथीहरूले तपाईलाई पीठ पछाडि धोका दिन सक्छन्। लामो यात्रा नगर्नुहोस्। स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। बाहिरका खानेकुरा खान बन्द गर्नुहोस्। नजिकको व्यक्तिको स्वास्थ्य बिग्रन सक्छ। भाग्यले केही दिनको लागि साथ दिन छोड्नेछ। नोकरी र व्यापारमा समस्या आउन सक्छ। मालिक तपाईको कामबाट असन्तुष्ट हुन सक्छन्। तपाईको तलब घट्न सक्छ या जागिर नै गुम्न सक्छ। व्यापारमा ठूलो घाटा हुन् सक्छ।
समाजमा तपाईको इज्जत घट्न सक्छ । दु:ख र पीडाले तपाईलाई छोड्ने छैन। मंगल ग्रहको अशुभ प्रभावबाट बच्न मंगलबारको दिन गरिबलाई घरमा खुवाउन सक्नुहुन्छ । अर्कोतर्फ मंगलबार रातो रङको गाईलाई भरपेट खाना खुवाएमा पनि दुःख कम हुन्छ ।