३० वर्षपछि नवपञ्चम योग बन्दै, यी तीन राशिलाइ मिल्नेछ सफलता !

वैदिक ज्योतिषका अनुसार राक्षसहरूको गुरु शुक्र ग्रह केही दिन पहिले मिथुन राशिमा प्रवेश गरेको थियो। यससँगै कुम्भ राशिमा शनि ग्रह विराजमान छ। यस्तो अवस्थामा दुई ग्रहको बीचमा यस्तो अवस्था सिर्जना भइरहेको छ, जसका कारण नवपञ्चम योग बनिरहेको छ। यस राशिमा शुक्रले तेस्रो घरमा प्रवेश गरेको छ। जान्नुहोस् ग्रहको स्थितिमा आएको परिवर्तनबाट कुन-कुन राशिलाई शुभ हुनेछ?

मेष राशि

यस राशिमा शुक्रले तेस्रो घरमा प्रवेश गरेको छ। यस्तो अवस्थामा यस राशिका व्यक्तिहरूलाई अचानक आर्थिक लाभ मिल्न सक्छ। यसबाट आम्दानीका नयाँ स्रोत खुल्न सक्छन्। लगानी लाभदायक साबित हुन सक्छ। यससँगै लामो समयदेखि रोकिएका काम पुनः सुचारु रूपमा सुरु हुन सक्छन्। व्यापार व्यवसायमा पनि ठूलो सफलता मिल्नेछ। परिवारसँग सुखमय जीवन बिताउन सकिनेछ। पार्टनरसँग पनि राम्रो समय बित्नेछ।

वृष राशि

यस राशिमा शुक्रले दोस्रो घरमा प्रवेश गरेको छ। यस्तो अवस्थामा यस राशिका व्यक्तिहरूलाई काम र व्यापारमा लाभ मिल्न सक्छ। कार्यस्थलमा तपाईको काम हेर्दा पदोन्नति र वृद्धि हुन सक्छ। आकस्मिक धन लाभ हुनसक्छ। अरुलाई दिएको पैसा फिर्ता गर्न सकिनेछ। व्यापार व्यवसायमा पनि ठूलो सफलता मिल्नेछ। धन र अन्न बढ्न सक्छ।

मिथुन राशि

यस राशिमा शुक्र प्रथम घरमा गोचर गर्दैछ। यस्तो अवस्थामा यस राशिका व्यक्तिहरूले धन र समृद्धि प्राप्त गर्न सक्छन्। यससँगै भौतिक सुख पनि पाउन सकिन्छ। भाग्यको पूर्ण साथ मिल्नेछ। यस्तो अवस्थामा हरेक क्षेत्रमा सफलता हात पार्न सकिन्छ। परिवारसँग राम्रो समय बित्नेछ।

प्रकाशित : बुधबार, बैशाख २७, २०८०११:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज बिहानबाट मेष राशिमा बुध देव उदय, यी राशिको सारा दुःख हुनसक्छ अन्त्य !