शनिको उल्टो चालले देखाउनेछ चमत्कार : यी ४ राशि हुनेछन् मालामाल, सुरु भए सुखद् दिन

काठमाडौँ : – ज्योतिषमा शनिदेवको विशेष भूमिका रहेको छ। यसले कसैको जीवन बनाउन र बर्बाद पार्न सक्छ। यिनलाई न्यायको देवता भनिन्छ। यसले व्यक्तिको कर्म अनुसार राम्रो वा नराम्रो परिणाम दिन्छ। शनि एक राशि अढाई वर्षसम्म रहन्छ। यो वर्ष शनि आफ्नो राशि कुम्भमा प्रवेश गरिसकेको छ। जेठ ३ गते (१७ जुन) बुधबार शनि वक्री हुँदैछ। यस्तो अवस्थामा शनिको उल्टो चालले कतिपय राशिलाई अशुभ फल दिनेछ भने कतिपयलाई राजाजस्तो जीवन दिनेछ। त्यसोभए जानौं कुन-कुन राशिका भाग्यशाली व्यक्तिहरूलाई शनिदेवको कृपा मिल्छ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – 

मेष राशिका लागि शनिको वक्री चालले शुभ समाचार दिनेछ। उनीहरुको जीवनका सबै दु:खहरू हट्नेछन्। उनीहरुको जीवनमा धेरै खुसी आउनेछन्। पैसाको अभाव हुने छैन। नयाँ कामको प्रस्ताव आउनेछ। बोस तपाईको कामबाट खुसी हुनेछन्। यदि तपाई नयाँ व्यवसाय सुरु गर्न चाहनुहुन्छ भने यो समय तपाईको लागि राम्रो रहनेछ। घरजग्गासँग सम्बन्धित मामिलाहरू तपाईंको पक्षमा हुनेछन्। घरमा शुभ कार्य हुनसक्छ। सापटी दिएको पैसा फिर्ता हुनेछ। भाग्यले साथ दिनेछ। पुरानो साथीसँग भेटघाट हुनसक्छ । यो भेट लाभदायक हुनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

वृष राशिका लागि शनिको उल्टो चाल लाभदायी रहनेछ। उनीहरुका जीवनका सम्पूर्ण दुख-दर्दहरु समाप्त हुनेछन्। अड्डा-अदालती मामिलाहरु तपाईकै पक्षमा हुनेछन्। धनको समस्या हट्नेछ। धन आर्जनको नयाँ अवसर मिल्नेछ। नोकरीमा पदोन्नति हुनेछ। छिट्टै धार्मिक यात्रामा जान सकिनेछ। घरमा माङ्गलिक कार्य गर्न सकिन्छ। नयाँ घर किन्न सकिनेछ। शत्रु तपाईको अगाडी घुँडा टेक्न बाध्य हुनेछन्। तपाईको जीवनका सबै बाधाहरू चाँडै समाप्त हुनेछन्। विद्यार्थीहरूले परीक्षामा राम्रो नतिजा ल्याउनेछन्। धन लगानी गर्दा फाइदा हुनेछ ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मिथुन राशिका व्यक्तिहरूलाई शनिको उल्टो चालले धेरै लाभ दिनेछ। छिट्टै सन्तानबाट शुभ समाचार प्राप्त हुनेछ। कामको सिलसिलामा विदेश जाने सम्भावना छ। भाग्यले धेरै साथ दिनेछ। जुन काममा हात हाल्नुहुन्छ ती काम सजिलै सफल हुनेछ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ। अविवाहितहरुका लागि विवाहको योग बन्न सक्छ। स्वास्थ्य सम्बन्धी सबै चिन्ताको अन्त्य हुनेछ। पुरानो रोगहरुबाट छुटकारा पाउन सकिन्छ। नजिकका व्यक्तिबाट मनग्य आम्दानी हुन सक्छ। मिहिनेतको उचित फल मिल्नेछ ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

धनु राशिका व्यक्तिहरूलाई शनिको उल्टो चालबाट धेरै लाभ मिल्नेछ। तपाईको घरमा धेरै खुशी आउनेछ। समाजमा तपाईको मान प्रतिष्ठा बढ्नेछ। मानिसहरूले तपाईलाई मन पराउनेछन्। रोकिएका सबै काम समयमै पूरा हुनेछन्। आगामी केही महिना विद्यार्थीहरूको लागि धेरै लाभदायक हुनेछ। बेरोजगारहरूले छिट्टै नयाँ काम पाउन सक्छन्। सरकारी जागिरको लागि प्रयास गर्ने व्यक्तिले सफलता हात पार्न सक्छ। प्रारम्भिक विवाहको सम्भावना छ। पति पत्नीको सम्बन्ध मधुर हुन सक्छ। जीवनमा खुशीको वर्षा हुनेछ।

प्रकाशित : मङ्गलबार, बैशाख २६, २०८०२०:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी महिनामा विवाह गर्ने दम्पतीलाई मानिन्छ सबैभन्दा भाग्यमानी जोडी ?