काठमाडौँ : – हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ?
मिथुन राशि (का कि कु घ ङ छ के को हा)
मिथुन राशिका लागि यो साता लाभदायी साबित हुन सक्छ। खर्चमा कमी आउने र आम्दानी बढ्न सक्छ। यो साता परीक्षा-प्रतियोगिताको तयारीमा लागेका विद्यार्थीहरूले केही शुभ समाचार पाउन सक्छन्। साथै, जो बेरोजगार छन् उनीहरूले नयाँ काम प्रस्ताव प्राप्त गर्न सक्छन्। साथै, मिडिया, बैंकिङ र शिक्षासँग सम्बन्धित व्यक्तिहरूको लागि यो समय राम्रो साबित हुन सक्छ। जीवनसाथीसँग कुनै विषयमा विवाद हुन सक्छ।
कर्कट राशि (ही हु हे हो डा डि डु डे डो)
यो साता अचानक आर्थिक लाभ हुन सक्छ। यो साता आर्थिक अवस्था पनि सुदृढ हुने देखिन्छ । अदालतमा चलिरहेको मुद्दामा, निर्णय तपाईको पक्षमा आउन सक्छ। यो साता आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्, बाहिरको खाना नखानुहोस्। दाम्पत्य जीवन सुखमय रहनेछ। यो साता कार्यस्थलमा जुनियर र सिनियर दुबैको सहयोग प्राप्त हुनेछ।
वृश्चिक राशि (तो ना नि नू ने नो या यि यू)
यो साता तपाईको लागि शुभ साबित हुन सक्छ। कार्यस्थलमा तपाईको कीर्ति र प्रतिष्ठा बढ्न सक्छ। बेरोजगारहरूले यो साता नयाँ कामको प्रस्ताव प्राप्त गर्न सक्छन्। कतै अड्किएको पैसा छ भने तपाईले यो हप्ता प्राप्त गर्न सक्नुहुनेछ। दाम्पत्य जीवन सामान्य रहनेछ। साथै, घाँटी र फोक्सो सम्बन्धी समस्या आउन सक्ने भएकाले स्वास्थ्यमा भने सजग रहनुपर्छ।
धनु राशि (ये यो भा भी भू ध फा ढा भे)
यो साता भाग्यमानी हुने देखिन्छ। व्यापार व्यवसायमा मनग्गे लाभ मिल्नेछ। रोजगारीमा जानेहरुका लागि आम्दानीका नयाँ स्रोतहरु फेला पर्नेछन्। अदालतमा चलिरहेको मुद्दामा, निर्णय तपाईको पक्षमा आउन सक्छ। महिनाको अन्त्यमा सूर्य भगवान तपाईको पाँचौं घरमा आउनुहुनेछ, त्यसपछि खर्च कम हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।
कुम्भ राशि (गू गे गो सा सी सु से सो दा)
कुम्भ राशिको लागि यो साता सामान्य रहनेछ। योसँगै गत साता जस्तै आम्दानी पनि सामान्य रहनेछ । व्यापार साझेदारसँग वैचारिक मतभेद हुन सक्छ। यो साता तपाईले कही पनि लगानी गर्न सक्नुहुन्छ, जसले भविष्यमा लाभ दिन सक्छ। जीवनसाथीको स्वास्थ्यलाई लिएर मन अलिकति चिन्तित रहन सक्छ।