३६ वर्षपछि बृहस्पति र राहुको टकराव हुँदै : यी ४ राशिलाई आउनेछ खराब समय, दुख र समस्याले घेरिनेछ जीवन

काठमाडौँ : – ज्योतिषशास्त्रका अनुसार ग्रहहरूको परिवर्तनले हाम्रो जीवनमा गहिरो प्रभाव पार्छ। अहिले बृहस्पति र राहु दुवै मीन राशिमा विराजमान छन्। यी दुईको संयोगले चण्डाल योग बनाउँदैछ। यस्तो संयोग ३६ वर्षपछि देखिएको छ। बृहस्पति र राहुको संयोग ३ विशेष राशिका लागि निकै कष्टदायी साबित हुने भएको छ। यी राशिका मानिसहरुको खराब दिन सुरु भएको छ। यिनको जीवनमा एकपछि अर्को धेरै कष्ट आउनेछन्। यस्तो अवस्थामा यी राशिका जातकले विशेष सतर्कता अपनाउन आवश्यक छ। त्यसोभए जानौँ ती अभागी राशिहरु…

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – 

गुरु चण्डाल योगको कारण मेष राशिका व्यक्तिले केही विशेष समस्याको सामना गर्नुपर्नेछ। भाग्यले साथ दिन छोड्नेछ। उनीहरुले गरेको हरेक काम बिग्रनेछ। आयका श्रोतहरु बन्द हुनेछन्। व्यर्थका खर्च बढ्नेछन्। शत्रुले तपाईलाई हानि पुर्याउन सक्छन्। आफ्नो रिसलाई काबूमा राख्नुहोस्, अन्यथा सम्बन्ध बिग्रन सक्छ। कसैलाई आँखा चिम्लिएर विश्वास नगर्नुहोस्। तपाईको आफ्नैले तपाईलाई धोका दिन सक्छ। लामो यात्रा नगर्नुहोस्।

आफ्नो स्वास्थ्यको विशेष ध्यान राख्नुहोस्। बाहिरका चीजहरू खानबाट बच्नुहोस्। आफ्नो आहार र जीवनशैली सुधार गर्नुहोस्। अड्डा – अदालती मुद्दाहरूबाट सकेसम्म टाढा रहनुहोस्। घरजग्गासँग सम्बन्धित मामिलाहरू तपाईको पक्षमा हुनेछैनन्। कसैसँग ठूलो झगडा हुन सक्छ। यो लडाईमा आफ्नो जिब्रोलाई नियन्त्रण गर्नु धेरै महत्त्वपूर्ण छ, अन्यथा तपाई समस्यामा पर्न सक्नुहुन्छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

बृहस्पति र राहुको संयोग मिथुन राशिका जातकको लागि हानिकारक साबित हुनेछ। उनीहरुले आफ्नो काममा धेरै समस्याहरु सामना गर्नुपर्नेछन्। तपाई कार्यालय राजनीतिको शिकार हुन सक्नुहुन्छ। बोस तपाईसँग रिसाउन सक्छन्। तपाईले आफ्नो जागिर पनि गुमाउन सक्नुहुन्छ। अध्ययनरत विद्यार्थीहरूका लागि समय प्रतिकूल रहन सक्छ। उनीहरुले आफ्नो मिहिनेत अनुसारको फल पाउँदैनन् ।

आमाबाबुसँग झगडा हुन सक्छ। श्रीमान श्रीमतीबीच पनि झगडा हुनसक्छ । ठुलो धन हानि हुन सक्छ। आफ्नो बहुमूल्य चीजहरू सुरक्षित राख्नुहोस्। तपाईको घरमा निमन्त्रणा नगरिएको पाहुना आउन सक्छ। यस पाहुनाको आगमनले घरको वातावरण बिग्रन सक्छ। घरमा लडाई – झगडा हुन सक्छ। नकारात्मक उर्जा बढ्न सक्छ। एक पछि अर्को दुःखले घरमा दस्तक दिन सक्छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

बृहस्पति र राहुको संयोग कर्कट राशिका लागि निकै कष्टदायी रहनेछ। आफ्नै मान्छेबाट धेरै पीडा मिल्नेछ। सोचेको योजना थप सफल हुनेछ। घर वा सवारीसाधन खरिद नगर्नुहोस्, तपाईलाई यसमा घाटा हुन सक्छ। कतै पैसा लगानी गर्नबाट पनि बच्नुपर्छ। व्यापारमा ठूलो घाटा हुन सक्छ । काममा धेरै समस्या आउन सक्छ।

तपाईको आर्थिक अवस्था कमजोर हुन सक्छ। समाजमा तपाईको इज्जत घट्न सक्छ । शत्रुहरुले तपाईलाई हानि पु¥याउने प्रयास गर्न सक्छन् । कुनै पनि नयाँ काम सुरु गर्नु अघि १० पटक सोच्नुहोस्। अहिले कुनै नयाँ कामको थालनी गर्नु शुभ छैन। बोलीमा नियन्त्रण राख्नु आवश्यक छ, अन्यथा सम्बन्ध बिग्रन सक्छ। तपाईको क्रोधले तपाईलाई डुबाउन सक्छ। त्यसैले रिसलाई पनि नियन्त्रणमा राख्नुपर्छ ।

प्रकाशित : बिहिबार, बैशाख २१, २०८०१४:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ४ राशिका मानिसमा हुन्छ सबैभन्दा धनी बन्ने रहर, जान्नुहोस् कुन कुन राशि ?