भोलि बुधबार भगवान गणेशको दिन: कस्तो रहला दिन, हेर्नुहोस् राशिफल !

पञ्चाङ्ग : – 

दिन : बुधवार /// तिथि : त्रयोदशी २३:०८ बजेसम्म, त्यसपछी चतुर्दशी /// नक्षत्र : हस्त २०:३१ बजेसम्म, त्यसपछी चित्रा /// योग : हर्षण ११:१३ बजेसम्म, त्यसपछी वज्र /// करण : कौलव १०:४९ बजेसम्म, त्यसपछी तैतिल २३:०८ बजेसम्म, त्यसपछी गर ///  वैशाख २०, २०८०, बुधवार ///  ०३ मे सन् २०२३ /// त्रयोदशी, वैशाख शुक्लपक्ष/// बछलाथ्व, ११४३ ने.सं. /// सूर्योदय(sunrise) : –  ५:२५ /// सूर्यास्त (sunset) : –  १८:३८ /// शुभ साइत- बिवाह गर्ने साइत, रुद्री गर्ने साइत, पास्नी गर्ने साइत, –

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बोलीमा मिठास रहनेछ। मन प्रसन्न रहनेछ। व्यापारमा लाभको अवसर मिल्नेछ। व्यापारिक प्रयोजनका लागि विदेश यात्राको सम्भावना छ। यात्रा लाभदायक हुनेछ तर खर्च पनि बढ्नेछ। तनाव बढ्नेछ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

नोकरीमा अधिकारीको सहयोग रहनेछ तर कार्यस्थलमा परिवर्तन आएपछि अन्य ठाउँमा जान सकिनेछ। आम्दानीमा पनि वृद्धि हुनेछ। बच्चाको स्वास्थ्यको ख्याल गर्नुहोला। दाजुभाइको सहयोग मिल्नेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

मानसिक शान्तिको लागि प्रयास गर्नुहोस्। व्यापार विस्तारको लागि अन्य ठाउँमा जाने सम्भावना छ। परिवारका ठूला व्यक्तिबाट धन प्राप्ति हुनसक्छ । प्रगतिको बाटो खुल्नेछ । क्रोधको मात्रा बढ्नेछ।

कर्कट राशि- हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

मन प्रसन्न रहनेछ तर केही मानसिक समस्या पनि आउन सक्छ। धैर्यतामा पनि कमी आउन सक्छ। आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस् काममा कुनै अतिरिक्त जिम्मेवारी पाउन सकिन्छ। यात्राको सम्भावना छ।

सिंह राशि- मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

आत्मविश्वास भरिपूर्ण रहनेछ तर धैर्यतामा केही कमी आउन सक्छ। शान्त होउ व्यापारमा लाभको अवसर मिल्नेछ। सन्तानबाट शुभ समाचार सुन्न पाइनेछ । शुभ समाचार प्राप्त हुनेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

मनमा उतारचढाव रहनेछ। आत्म-नियन्त्रित हुनुहोस्। व्यापारमा वृद्धि हुनेछ। मिहिनेत बढी हुनेछ, तर केही कठिनाइ पनि आउन सक्छ। लाभको अवसर पनि मिल्नेछ। घरजग्गाबाट आम्दानीका नयाँ स्रोतहरू विकास हुनेछन्।

तुला राशि- र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

मन प्रसन्न रहनेछ। कपडामा खर्च  बढ्न सक्छ। मिष्ठान्न खानेकुरामा रुचि बढ्नेछ। व्यापार व्यवसायमा बढोत्तरी हुनेछ। साथीभाइको सहयोग पनि मिल्नेछ। धार्मिक स्थलको यात्रामा जान सकिनेछ।

वृश्चिक राशि- तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

मनमा आशा र निराशाको भावना आउन सक्छ। बुवाको स्वास्थ्यको ख्याल गर्नु होला। माताको सहयोग मिल्नेछ। सवारी साधनको सुखमा कमी आउन सक्छ। व्यापार व्यावसायमा नाफा कम हुनेछ। अज्ञात भयले सताउन सक्छ।

धनु राशि- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मन प्रशन्न रहनेछ तर अनावश्यक क्रोध र बहसबाट टाढा रहनुहोस्। शैक्षिक कार्यका लागि विदेश जान सकिनेछ। सरकारको सहयोग पनि मिल्नेछ। लामो समयदेखि रोकिएका कामहरू पूरा हुने सम्भावना छ।

मकर राशि- भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

मनमा उतारचढाव रहनेछ। आमाको स्वास्थ्यको ख्याल गर्नु होला। जीवन कष्टदायी हुन सक्छ। कार्यस्थलमा थप मिहिनेत हुनेछ। व्यापारमा जोखिम मोल्नबाट जोगिनुहोस्।  साथीभाइको सहयोग मिल्नेछ।

कुम्भ राशि- गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

दाम्पत्य सुखमा वृद्धि हुनेछ। धार्मिक कार्यमा व्यस्त रहनेछ। व्यापार कार्यमा अवरोध आउन सक्छ। थप दौडधुप हुनेछ। जीवन अव्यवस्थित हुनेछ। नयाँ अवसर मिल्नेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मन प्रसन्न रहनेछ। तैपनि अनावश्यक मानसिक तनावबाट बच्नुहोला। घरपरिवारमा धार्मिक कार्य गर्न सकिनेछ। कपडा आदिमा खर्च बढ्नेछ। साथीभाइबाट व्यापार प्रस्ताव प्राप्त गर्न सकिनेछ। सफलताको सम्भावना छ।

प्रकाशित : मङ्गलबार, बैशाख १९, २०८०१५:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज वैशाख २० गते बुधबार कस्तो रहला दिन, हेर्नुहोस् राशिफल !