वैदिक ज्योतिषशास्त्रका अनुसार ग्रहहरू समय-समयमा उदय र अस्त हुन्छन्। जसको प्रभाव मानव जीवन र पृथ्वीमा देखिन्छ। ग्रहहरूको राजकुमार बुधको उदय मे १४ मा हुने भएकाले यस समयमा बुध देवले पूर्ण प्रभाव पार्ने भएकाले बुधको उदयका कारण ३ राशिका मानिसलाई धनधान्यको आशीर्वाद मिल्ने भएको छ। जान्नुहोस् यी भाग्यशाली राशिका बारेमा….
सिंह राशि
बुध ग्रहको उदय सिंह राशिको लागि शुभ साबित हुन सक्छ। किनभने बुध ग्रह यस राशिको नवौँ घरमा उदाउनेछ। त्यसैले बुध ग्रह उदय हुने बित्तिकै भाग्यमानी हुन सक्छ। यस समयमा आकस्मिक आर्थिक लाभ पनि हुनसक्छ । पुराना लगानीबाट पनि लाभ हुने सम्भावना छ। घरमा कुनै पनि धार्मिक वा मांगलिंक कार्यक्रम गर्न सकिन्छ। समाजमा मान-सम्मान पनि बढ्नेछ।
मेष राशि
बुध ग्रहको उदय हुँदा मेष राशिका लागि लाभदायक साबित हुन सक्छ। यस समयमा स्वास्थ्यमा सुधार आउनेछ । यसका साथसाथै आत्मबलमा पनि वृद्धि हुनेछ । कममा जीवनसाथीको पूर्ण सहयोग प्राप्त हुनेछ र जीवनसाथीको उन्नति हुनेछ । विवाहित व्यक्तिले ससुराको साथ र सहयोग प्राप्त गर्नेछन्। व्यवसायीका लागि यो समय निकै अनुकूल रहनेछ।
कर्कट राशि
बुध ग्रहको उदय कर्कट राशिको लागि शुभ र फलदायी साबित हुन सक्छ। कर्म गृहमा बुध ग्रहको उदय हुनेछ। त्यसैले यस समयमा काम-व्यवसायमा राम्रो सफलता पाउन सक्नुहुन्छ। जीविकोपार्जनका साधनमा वृद्धि हुनसक्छ । साथै यस समयमा व्यवसायीले राम्रो नाफा कमाउन सक्नेछन् । आम्दानीमा वृद्धि हुनसक्छ। आफ्नो रोकिएको पैसा पनि फिर्ता पाउन सक्नुहुन्छ।