१३० वर्षपछि वैशाख पूर्णिमाको दिन दुर्लभ संयोग बन्दै, आजै जान्नुहोस् महत्त्वपूर्ण कुरा

धार्मिक मान्यता अनुसार वैशाख पूर्णिमा वैशाख महिनाको शुक्ल पक्षको पूर्णिमाका दिन मनाइन्छ। यसै दिन भगवान बुद्धको जन्मजयन्ती पनि मनाइन्छ । यस पटक वैशाख पूर्णिमा वैशाख २२ गते परेको छ।

यसै दिन वर्षको पहिलो चन्द्रग्रहण पनि लाग्दैछ। १३० वर्षपछि वैशाख पूर्णिमाको दिन पनि चन्द्रग्रहण लाग्दा यस्तो संयोग हुने भएको छ। यही संयोगले वैशाख पूर्णिमाका दिन स्नान, दान, पूजा आदिको महत्त्व झनै बढेको छ।

यससँगै चन्द्रग्रहणका कारण वैशाख पूर्णिमाका दिन नुहाउने र दान गर्ने सही समयलाई लिएर पनि मानिसको मनमा अन्योलको अवस्था सिर्जना भएको छ। किनकि यस पटकको ग्रहण नेपालबाट नदेखिने भएको छ। यसको सुतक अवधि नेपालमा मान्य हुने छैन।

वैशाख पूर्णिमाको बिहान ९ः१७ बजेसम्म सिद्धि योग रहनेछ र त्यसपछि व्यातिपात योग हुनेछ। सिद्धि योग शुभ कार्यका लागि राम्रो मानिन्छ। यस बाहेक वैशाख पूर्णिमाको दिन स्वाती र विशाखा नक्षत्र रहने भएकाले पनि धार्मिक ज्योतिषमा शुभ मानिन्छ।

त्यस्तै वैशाख पूर्णिमामा भाद्रकाल बेलुकी ५ः०१ बजेदेखि ११:२७ बजेसम्म रहनेछ। तर पाताल लोकमा यस भाद्रको वास हुने भएकाले यसको प्रभाव पृथ्वीमा परेको छैन र शुभ कार्यमा कुनै बाधा आउने छैन।

प्रकाशित : मङ्गलबार, बैशाख १२, २०८०११:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि गुरु पुष्प योगको साथमा अद्भुत संयोग बन्दै, यस्ता कार्यले बन्नुहुनेछ मालामाल !