साताको अशुभ राशि: यस साता यी राशिका व्यक्ति रहनुहोस् सावधान !

हरेक दिन हुने ग्रह-नक्षत्रको परिवर्तनको आधारमा राशिफल निर्धारण गरिन्छ। वैशाख महिनाको यस साता केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई सावधान रहन पर्ने हुन्छ। जान्नुहोस् यस साता कुन राशि सावधान रहन पर्नेछ ?

वृष राशि

काममा उत्साह रहनेछ तर संवादमा सावधान रहनु होस् । मन अशान्त रहनेछ, धर्म र कामप्रति झुकाव बढ्नेछ। बुवाको स्वास्थ्यमा समस्या आउन सक्छ, आमाको सहयोग मिल्नेछ। आमाबाट धन प्राप्तिको सम्भावना छ, साथीको आगमन हुन सक्छ। बौद्धिक कामबाट आम्दानी हुनेछ, जागिरमा परिवर्तनको सम्भावना छ। परिवारसँग धार्मिक स्थलको यात्रा हुन सक्छ, खर्च बढ्नेछ, स्वास्थ्यमा सजग रहनुहोला।

कर्कट राशि

आत्मविश्वासमा कमी आउनेछ। मिष्ठान्न खानेकुरामा रुचि बढ्नेछ, स्वास्थ्यमा सचेत रहनुहोस्। परिवारमा धार्मिक कार्य हुनेछ, साथीभाइको सहयोगमा अचल सम्पत्तिमा लगानी गर्न सकिनेछ। संचित धनमा कमी आउनेछ, लेखन, बौद्धिक कार्यमा धन लाभ हुनेछ । कला संगीतमा रुचि बढ्नेछ, वस्त्रमा खर्च बढ्नेछ। कार्यक्षेत्रमा मन सम्मान वृद्धि हुने सम्भावना छ, यस साथ मेहनत अधिक हुनेछ, खर्च बढ्नेछ।

वृश्चिक राशि

छोटो तथा लाभदायक यात्राको योग रहेको छ। तपाईंको कामको प्रशंसा चौतर्फी हुनेछ। धार्मिक कार्यमा तपाईंको मन लाग्नेछ। मध्य सातामा महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। दाम्पत्य जीवनमा एक-अर्कासँग मनमुटाव उत्पन्न हुनसक्छ।

मीन राशि

यो साताको सुरुका दिनमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। जिद्दीपनाले गर्दा काम बिग्रने र प्रेममा मनमुटाव आउला। सामान हराउने वा चोरी हुने भय छ। साताको अन्त्यमा रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने र रमाउने समय पनि छ।

प्रकाशित : सोमबार, बैशाख ११, २०८०११:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अबको १६ दिन ४ राशि रहनुहोस् सावधान, बुध देवको पर्नेछ अशुभ प्रभाव !