साताको शुभ राशि: यस साता यी राशिमा हुनेछ श्री गणेशको कृपा दृष्टि !

हरेक दिन हुने ग्रह-नक्षत्रको परिवर्तनको आधारमा राशिफल निर्धारण गरिन्छ। वैशाख महिनाको यस साता केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई सावधान रहन पर्ने हुन्छ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ प्रभाव पर्नेछ ?

मेष राशि

साथीभाइको सहयोगले व्यापार व्यावसाय विस्तार हुनेछ, लाभको अवसर मिल्नेछ । पारिवारिक जीवन सुखमय रहनेछ। कार्यस्थलमा मिहिनेत धेरै हुनेछ। आम्दानीमा अवरोध आउन सक्छ, खर्च बढ्नेछ। परिवारका साथ धार्मिक स्थलको यात्रामा जान सकिनेछ । काम परिवर्तनको सम्भावना छ, साथीभाइको सहयोग मिल्नेछ ।

तुला राशि

यो साता तुला राशिका मानिसको लागि राम्रो फलदायी हुने देखिन्छ। हरेक क्षेत्रमा तपाईंले सफलता प्राप्त गर्न सक्षम हुनुहुनेछ। व्यापार व्यवसायमा लागेका मनिसको लागि यो साता निकै शुभ रहनेछ। तपाईंमा कार्यक्षेत्रको जिम्मवारी थप हुनेछ।

धनु राशि

यो साता धनु राशिका मानिसका लागि शुभ रहन्छ भन्न मिल्ला। साथी भाइ तथा स्त्री वर्गबाट विशेष सहयोगको आशा गर्न सकिन्छ। हात हालेका हरेका कार्यमा सफलता प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा तपाईंको मान-प्रतिष्ठा बढ्ने सम्भावना देखिन्छ।

मकर राशि

सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मान बढ्नेछ। साता भर तपाईंको मन प्रशन्न रहनेछ। लामो समय देखि रोकिएका कार्य यस साता अगाडी बढ्नुका साथै सफलता पनि मिल्ने देखिन्छ। हप्ताको अन्तिममा अ भने समय केही प्रतिकूल हुनसक्छ। प्रेम सम्बन्धमा खटास रहला।

कुम्भ राशि

यो साता चिताएको कामले सफलताको गति प्राप्त गर्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। पारिवारिक साथ, प्रेम, सद्भाव र स्नेह बढ्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। साताको अन्त्यमा घरायसी कामधन्दाका लागि खट्नु पर्ने हुनसक्छ।

प्रकाशित : सोमबार, बैशाख ११, २०८०१०:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साताको अशुभ राशि: यस साता यी राशिका व्यक्ति रहनुहोस् सावधान !