आज आइतबार गर्नुहोस् यस्ता कार्य: मिल्नेछ माता लक्ष्मीको कृपा, हुने छैन जीवनमा धनको कमी !

शास्त्रहरूमा ग्रहहरूका राजा सूर्य देवताको पूजालाई धेरै महत्त्व दिइएको छ। हरेक दिन सूर्य भगवानको दर्शन गर्दा सौभाग्य प्राप्त हुन्छ। अर्कोतर्फ, धार्मिक मान्यता अनुसार आइतबारको दिन सूर्य भगवानको लागि समर्पित मानिन्छ। सनातन धर्ममा आइतबार विशेष काम गर्नाले सौभाग्य, स्वास्थ्य वृद्धि हुनुका साथै माता लक्ष्मीको कृपाले जीवनमा ऐश्वर्य कायम रहने विश्वास रहेको छ। आउनुहोस् जानौं हरेक आइतबार के गर्नु शुभ मानिन्छ।

बिहान सूर्यदेवलाई अर्घ्य दिनुहोस्

हरेक आइतबार बिहान सूर्योदयअघि नुहाएर सफा लुगा लगाउनुपर्छ। यसपछि घरको पूजास्थलमा भगवानको अगाडि दियो बाल्नुहोस्। त्यसपछि तामाको भाँडामा चन्दन, अक्षता, रातो फूल राखेर सूर्यदेवलाई अर्घ्य दिनुहोस्। साथै सूर्यदेवलाई प्रसन्न पार्न अर्घ्य दिँदा यो मन्त्रको जप गर्नुपर्छ – ॐ सूर्याय नमः ॐ वासुदेवाय नमः ॐ आदित्य नमः ।

तुलसीको पूजा

आइतबारको दिन तुलसी पूजा पनि निकै शुभ मानिन्छ। तर याद राख्नुहोस् कि आइतबारको दिन तुलसीको बोटलाई जल चढाउन वा तुलसीको पात तोड्न निषेध गरिएको छ। त्यसैले आइतबार साँझ पूजा गर्दा तुलसीको बोटको छेउमा दीप प्रज्वलन गर्नुपर्छ। प्रत्येक आइतबार यसो गर्नाले देवी लक्ष्मी प्रसन्‍न हुनुका साथै सुख-समृद्धिको आशीर्वाद प्राप्त हुन्छ।

घिउमा दियो बाल्ने

ज्योतिष शास्त्र अनुसार हरेक आइतबार घरको मुख्य ढोकाको दुबै छेउमा घिउमा दियो बाल्नु शुभ मानिन्छ। यसो गर्दा घरमा सकारात्मक उर्जा आउने र आशिर्वाद कायम रहने विश्वास गरिन्छ।

प्रकाशित : आइतबार, बैशाख १०, २०८०११:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि सोमबार गर्नुहोस् यस्ता उपाय मिल्नेछ मनले चाहेको सफलता, हुनेछ भोलेनाथको कृपा !