ज्योतिषशास्त्रका अनुसार ग्रहहरूको राजकुमार बुध ग्रहलाई बुद्धि, तर्क, वाणी, मनोरञ्जन, शिक्षा, लेखन, ज्योतिष आदिको कारक मानिन्छ। यस्तो अवस्थामा जसको कुण्डलीमा बुधको स्थिति ठीक हुन्छ उसको जीवनमा धेरै प्रकारको सुख प्राप्त हुन्छ। ज्योतिषशास्त्रका अनुसार बुधको स्थितिमा परिवर्तन हुँदा हरेक राशिका मानिसको जीवनमा यसको प्रभाव देखिन्छ। अप्रिल २१ बाट धनको दाता बुध मेष राशिमा उल्टो दिशामा घुम्न थालेको छ। बुध देवको उल्टो चालको कारण धेरै राशिका व्यक्तिहरुलाई आकस्मिक आर्थिक लाभ, विदेश जाने अवसर समेत मिल्न सक्छ। जान्नुहोस् बुध ग्रहको स्थिति परिव्क्र्तनको कारण कुन राशिलाई फाइदा हुन्छ ?
मेष राशि
यस राशिमा छैटौं र तेस्रो घरको स्वामी बुध हो र यस घरमा बुध पहिलो घरमा अस्ताउँदैछ। यस्तो अवस्थामा यस राशिका व्यक्तिले हरेक क्षेत्रमा सफलता पाउन सक्छन्। रोजगारीको राम्रो अवसर फेला पर्न सक्छ। सरकारी जागिरको आकांक्षी व्यक्तिले पनि सफलता हात पार्न सक्छ। व्यापार व्यावसायमा पनि प्रशस्त नाफा हुने सम्भावना छ। आत्मविश्वास बढेको कारणले गर्दा तपाईले आफ्नो लक्ष्य सजिलै प्राप्त गर्न सक्नुहुनेछ। आम्दानीका नयाँ स्रोत खुल्न सक्छन्। तर केही जिम्मेवारी बढ्न सक्छ।
कुम्भ राशि
यस राशिमा बुध तेस्रो घरमा अस्ताउन लागेको छ। यसका साथै पाँचौं र आठौं घरको स्वामी बुध हो। यस्तो अवस्थामा यो राशिका व्यक्तिहरुलाई विशेष लाभ मिल्ने छ। नोकरी व्यवसायमा अपार सफलता मिल्नुका साथै करियरमा पनि प्रगति हुनसक्छ। शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ। यसका साथै विदेश भ्रमणको अवसर पनि पाउन सकिन्छ। तर अनावश्यक खर्चले समस्यामा पर्न सक्छ।
मीन राशि
यस राशिमा बुध दोस्रो घरमा अस्ताउँदैछ। यो घर निजी जीवन र पारिवारिक घर मानिन्छ। यस्तो अवस्थामा यस राशिका मानिसहरुका लागि बुधको अस्त मिश्रित रहनेछ। यस समयमा आर्थिक अवस्था राम्रो हुन सक्छ कहिले नराम्रो हुन सक्छ। यसका साथै काममा लाभ मिल्ने सम्भावना छ।