सुर्य मेष राशिमा रहँदा जेठ १ गतेसम्म यी राशिका जीवनमा मच्चिन सक्छ उथलपुथल, बन्दैछ धनहानिको योग

काठमाडौँ : – ग्रहहरुका राजा सूर्यले राशि परिवर्तन गर्दा त्यसको प्रभाव हरेक राशिको जीवनमा पर्छ। सूर्यले हरेक महिना राशि परिवर्तन गर्छ। त्यसैले एक राशिमा फेरि फर्किन पूरा एक वर्ष लाग्छ। ज्योतिष शास्त्रका अनुसार सूर्य देव गत बैशाख १ गते शुक्रबार दिउँसो २ बजेर ५७ मिनेटमा मङ्गलको राशि मेषमा प्रवेश गरेको थियो। सूर्य मेष राशिमा जेठ १ गते सोमबारसम्म रहनेछ। सूर्यको यो राशि परिवर्तनले धेरै राशिका लागि अपार धन-दौलत र सुख-शान्ति ल्याउनेछ, तर केही राशिले जीवनमा अनेक प्रकारका कष्टको सामना गर्नुपर्नेछ। जान्नुहोस् जेठ १ गतेसम्म कुन राशिका जातक सम्हालिएर रहनुपर्नेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

यस राशिमा सूर्यले १२ भावमा गोचर गरेको छ। त्यसैले यस राशिका जातकले धेरै खाले कठिनाईको सामना गर्नुपर्नेछ। कार्यस्थलमा धेरै खाले चुनौतीहरूको सामना गर्नुपर्नेछ। आर्थिक अवस्था पनि कमजोर हुनसक्छ। यसका साथै स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने देखिन्छ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

यस राशिमा सूर्यले आठौं भावमा गोचर गरेको छ। यस्तो अवस्थामा यी राशिका मानिसहरुलाई धन हानिको सामना गर्नु पर्ने हुन्छ। यसका साथै कुनै अप्रिय घटनाको सामना गर्नुपर्ने हुनाले यात्रा गर्दा अलि सावधानी अपनाउनु पर्ने देखिन्छ। यसका साथसाथै पैसाको लेनदेनबाट बच्नुपर्छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

यस राशिमा सूर्यले सातौं भावमा गोचर गरेको छ। यस्तो अवस्थामा यस राशिका व्यक्तिहरूले केही कठिनाइहरूको सामना गर्नुपर्ने हुन सक्छ। व्यापारमा कुनै पनि प्रकारको लगानी नगर्नुहोस्। साथै, नयाँ कामको खोजीमा रहेका व्यक्तिहरूले अलि प्रतीक्षा गर्नुपर्नेछ किनकी हतारमा गरिएका कामले तपाईलाई हानि पुर्याउनेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

यस राशिमा सूर्यले दोस्रो भावमा गोचर गरेको छ। यस्तो अवस्थामा यो राशिका मानिसहरुलाई धेरै समस्याको सामना गर्नु पर्ने हुन्छ। यससँगै आर्थिक स्थितिमा पनि नराम्रो असर पर्न सक्छ। व्यापार तथा जागिरमा प्रगति हुनुको सट्टा केही कठिनाइ बढ्न सक्छ। व्यापारमा साझेदारबाट पनि धोका हुन सक्छ। यससँगै प्रेम जीवन र वैवाहिक जीवनमा केही तीक्तता आउन सक्छ।

प्रकाशित : बिहिबार, बैशाख ०७, २०८०१७:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज मातातीर्थ औँसीको दिन बिल्कुलै नगर्नुहोस् यी गल्ती, हुनेछ अनिष्ट