भाग्यशाली मानिसहरुका जन्मकुण्डलीमा हुन्छ यस्तो योग, पाउँछन् उच्च पद र धन- प्रतिष्ठा

काठमाडौँ : – वैदिक ज्योतिष शास्त्र अनुसार जब कुनै पनि बच्चाको जन्म हुन्छ, तब तिनको जन्मकुण्डलीमा शुभ र अशुभ दुवै प्रकारका योगको निर्माण हुन्छ। साथै यी योगहरूले उनको जीवन र करियरमा प्रभाव पार्छ। साथै जब ती ग्रहले योग बनाउँछ, ती व्यक्तिले त्यस योगको पूर्ण फल प्राप्त गर्दछन्। यहाँ हामी केदार योगको बारेमा कुरा गर्न जाँदैछौं, यो योग भाग्यशाली व्यक्तिहरूको कुण्डलीमा हुन्छ। जसको कुण्डलीमा यो योग हुन्छ, त्यसैलाई राजनैतिक शक्ति प्राप्त हुन्छ । साथै समाजमा पनि उनीहरुको छुट्टै पहिचान हुन्छ। उनीहरुलाई यश र वैभव प्राप्त हुन्छ। आउनुहोस् जानौं यो योग कसरी बन्छ र यसका फाइदाहरु के-के छन् त…

वैदिक ज्योतिषका अनुसार कुण्डलीका ४ भावमा ७ ग्रह बस्दा यो योग बन्छ। ती ग्रह कुनै पनि राशिमा बस्न सक्छन्। यो योग भाग्यशाली व्यक्तिको कुण्डलीमा पाइन्छ।

केदार योग बनेपछि व्यक्तिमा भोलेनाथको विशेष कृपा रहन्छ। व्यक्तिलाई भाग्यको साथ पनि मिल्छ। व्यक्तिको व्यक्तित्व पनि आकर्षक हुन्छ। यस्ता व्यक्तिहरु कला पारखी र कला प्रेमी हुन्। साथै, त्यस्ता व्यक्तिलाई कहिल्यै धनको अभाव हुँदैन। अर्थात् उनको आर्थिक अवस्था बलियो हुन्छ। यसका साथसाथै यी मानिसहरूले सबै भौतिक सुखहरू प्राप्त गर्छन्। उनीहरु सत्य बोल्छन् र झुटो बोल्नेहरुलाई मन पराउँदैनन्।

कुण्डलीमा केदार योग हुँदा व्यक्तिलाई जमिन र सम्पत्तिको सुख प्राप्त हुन्छ। यसका साथसाथै व्यक्ति धेरै हदसम्म कृषक हुन्छन्। यी मानिसहरू हरेक परिस्थितिमा खुसी रहन्छन्। यस योगको प्रभावले व्यक्तिको तार्किक क्षमता राम्रो हुन्छ। उनी बचत गर्न माहिर हुन्छन्।

प्रकाशित : बिहिबार, बैशाख ०७, २०८०१५:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बैशाख ९ गतेबाट चम्किनेछ यी ४ राशिका भाग्य, सुख-ऐश्वर्य दाता गुरु अश्विनी नक्षत्रमा गर्नेछ प्रवेश