बैशाख २ गतेको राशिफल : शनिबार यी ३ राशिका जीवनमा आउनेछन् सुधारका सङ्केत, पारिवारिक जीवनमा आउनेछ खुशीयाली

पञ्चाङ्ग : – 

दिन : शनिवार ।।। तिथि : दशमी १९:३७ बजेसम्म, त्यसपछी एकादशी ।।। नक्षत्र : श्रवण ०६:३९ बजेसम्म, त्यसपछी धनिष्ठा ०५:०० बजेसम्म, त्यसपछी शतभिषा ।।। योग : साध्य ०५:४९ बजेसम्म, त्यसपछी शुभ ०२:४३ बजेसम्म, त्यसपछी शुक्ल ।।। करण : वणिज ०८:४९ बजेसम्म, त्यसपछी भद्रा १९:३७ बजेसम्म, त्यसपछी वव ।।। वैशाख ०२, २०८०, शनिवार ।।। १५ अप्रिल सन् २०२३ ।।। दशमी, वैशाख कृष्णपक्ष ।।। चौलागा, ११४३ ने.सं. ।।। सूर्योदय(sunrise) : – ५:४२ सूर्यास्त(sunset) १८:२८ ।।। कार्यक्रमहरू : – मध्यपुर ठिमीमा बालकुमारी यात्रा, भक्तपुर महाकाली–महालक्ष्मी यात्रा, टोखा चण्डेश्वरी मूल रथयात्रा ।।। 

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

तपाईको दिन मिश्र फलदायी छ । परिवारसँग बसेर महत्वपूर्ण चर्चा-विचारणा गर्नुहुन्छ। घरको सजावटमा परिवर्तन गर्ने ईच्छा होला। कार्यालय वा व्यवसायिक क्षेत्रमा अधिकारीसँग महत्वपूर्ण विषयमा चर्चा हुनेछ। सरकारी लाभ मिल्ने योग छ। कार्यभार बढ्न सक्छ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

नयाँ काम गर्न प्रेरणा मिल्नेछ र प्रारम्भ पनि गर्नुहुन्छ । कुनै धार्मिक स्थलमा जाँदा मन भक्तिमय हुनेछ। टाढा स्थित आफन्त वा मित्रको खबर पाउनुहुन्छ। विदेश जाने सम्भावना छ। व्यापारमा आर्थिक लाभ हुन सक्छ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

तपाईको दिन प्रतिकूल हुनाले सावधान रहनुहोला। कुनै नयाँ काम सुरु नगर्नुहोस्। रिसको कारण केहि अनिष्ट नहोस् यस कुराको ध्यान राख्नुहोला। कामवृत्तिमा ध्यान राख्न कोसिस गर्नुहोला। घर वा कार्यालयमा बोलिमा ध्यान राख्नुहोला।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

तपाईको सम्पूर्ण दिन आनन्द तथा मनोरंजन प्रवृत्तिमा बित्नेछ । विपरीत लिंगीय व्यक्तिसँग भेट होला। प्रेम सम्बन्धमा सफलता मिल्न सल्छ। उत्तम भोजन सुखको योग छ तथा प्रतिष्ठा वृद्धि होला। व्यवसायिक क्षेत्रमा लाभदायी दिन छ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

तपाईको दिन मिश्र फलदायी छ । घरमा शान्तिमय वातावरण रहला। दैनिक कार्यमा केहि अवरोध आउनेछ। शत्रु तथा प्रतिस्पर्धिको कारण समस्या हुनेछ। उच्च पदाधिकारीसँग विवाद टाल्नुहोला। तपाईमा उदासीनता एवम् शंका निकै रहनेछ। जसकारण मानसिक व्याकुलता अनुभव होला। स्वास्थ्य साधारण रहनेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

तपाई सन्तानलाई लिएर चिन्तित रहनुहुन्छ । मन विचलित रहन सक्छ। पेट सम्बन्धित रोगको कारण पिडा हुन सक्छ। विद्यापार्जनको अभ्यासमा अवरोध आउनेछ। आकस्मिक खर्च होला। कुराकानी गर्दा तार्किक एवम् बौद्दिक चर्चाबाट टाढा रहनुहोला।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

मानसिक रूपले थकित अनुभव गर्नुहुन्छ। तपाई केहि अधिक भावुक रहनुहुन्छ। मनमा उठेको विचारको कारण केहि समस्यामा रहनुहुन्छ। आमा तथा स्त्रीको विषयको चिन्ताले सताउनेछ। तपाईको दिन प्रतिकूल छ। पानीबाट टाढा रहनुहोला। निन्द्रा पुरा नहुँदा मानसिक व्यग्रता रहनेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

सम्पुर्ण दिन प्रसन्न रहनुहुन्छ। कुनै नयाँ कामको प्रारम्भ गर्न सक्नुहुन्छ। साथीबाट सुख एवम् आनन्द प्राप्त होला। मित्र वा आफन्तसँग भेट होला। कुनै पनि काममा सफलता मिल्नेछ। आर्थिक लाभ एवम् भाग्यवृद्धिको योग छ। प्रतिस्पर्धि समक्ष विजय मिल्नेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

तपाईको दिन मध्यम फलदायी छ। मनमा ग्लानि रहनेछ। परिवारसँग गलत धारणाको कारण मनमुटाव हुन सक्छ। दुविधायुक्त मनोदशाको कारण कुनैपनि महत्वपूर्ण विषयमा निर्णय लिन सक्नु हुनेछैन। टाढा बस्ने आत्मजनबाट संदेश -व्यवहारको कारण लाभ होला।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

प्रत्येक कार्य सरलतामा पूर्ण हुनेछ। कार्यालय तथा व्यवसायिक स्थलमा प्रतिष्ठा वृद्दि हुनेछ। पदोन्नतिको योग छ । घरायसी जीवनमा आनन्दमय वातावरण रहनेछ। शारीरिक हानिको योग छ। मित्र तथा आफन्तसँग भेट हुनेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

पैसाको लेन-देन वा घरको सौदामा कसैसँग जमिन नलिनुहोला। मानसिक रूपले निराश रहनुहुन्छ। खर्च अधिक मात्रामा हुनेछ। स्वास्थ्यको विषयमा ध्यान राख्नुहोला। तपाईको कुरामा आफन्त सहमत हुनेछैन। अरुको कुरामा हस्तक्षेप नगर्नुहोला।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

पारिवारिक तथा सामाजिक कुरामा लिप्त रहनुहुन्छ। मित्रसँग भेट हुँदा खर्च हुनेछ। रमणीय स्थानमा यात्रा होला। प्रत्येक क्षेत्रमा लाभ मिल्नेछ। जीवनसाथीको ईच्छुकको लागि राम्रो जीवनसाथी मिल्ने योग छ ।

प्रकाशित : शुक्रबार, बैशाख ०१, २०८०१७:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘केदार राजयोग’ बन्दा यी ३ राशिको भाग्य चम्किने, बृहस्पति र शनिसहित चार ग्रहको कृपा रहने