काठमाडौँ : – ग्रहको राशि परिवर्तनले राशिहरुमा राम्रो र नराम्रो प्रभाव पार्छ। चैत्र र बैशाख महिनामा थुप्रै ग्रहहरूले राशि परिवर्तन गर्दैछन्। जसमा बृहस्पति ग्रह पनि समावेश छ। बृहस्पतिले हरेक एक वर्षमा राशि परिवर्तन गर्छ। अहिले यो मीन राशिमा अस्त स्थितिमा छ। बैशाख ९ गते शनिबार १२ वर्षपछि मेष राशिमा गोचर गर्नेछ। त्यसपछि बैशाख १४ गते बिहिबार मेष राशिमा उदय हुनेछ। यसले पाँच राशिमा शुभ प्रभाव पार्नेछ। जसबाट प्रशस्त लाभहरु हासिल हुनेछ। त्यसोभए जानौँ ती भाग्यमानी राशिहरु कुन-कुन हुन् त ?
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
बृहस्पति मेष राशिमा नै प्रवेश गर्दैछ। यहीँ उदय पनि हुँदैछ। त्यसैले यस राशिका जातकले सबैभन्दा बढी लाभ पाउनेछन्। सबैभन्दा पहिले तपाईको पैसासम्बन्धी सबै समस्याहरु समाप्त हुनेछन्। दोस्रो तपाईको आयमा वृद्धि हुनेछ। नोकरीमा बढुवा र व्यापारमा लाभ हुनेछ। कामको शिलशिलामा विदेश यात्राको अवसर पनि मिल्न सक्छ। भाग्यले साथ दिनेछ। कतैबाट अचानक ठूलो धन प्राप्त हुनेछ। स्वास्थ्य अवस्था राम्रो रहनेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मिथुन राशिका लागि बृहस्पतिको उदय शुभ रहनेछ। उनीहरुको जीवनमा धेरै खुसी आउनेछन्। रोकिएका सबै काम समयमै सम्पन्न हुनेछन्। मालिकले तपाईको काम देखेर खुसी भई तलब बढाउनेछ। व्यापार-व्यवसायमा ठूलो सम्झौता हुनेछ। शत्रु तपाईको अगाडि कमजोर हुनेछन्। समाजमा तपाईको मान-सम्मान बढ्नेछ। तपाईको घरमा सकारात्मक वातावरण रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। पुराना रोगबाट मुक्ति मिल्नेछ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
बृहस्पतिको उदयले तुला राशि हुनेहरूको भाग्य चम्काउनेछ। उनीहरुको भाग्यले हरेक पल साथ दिनेछ। भाग्यको भरमा धेरै धन आर्जन हुनेछ। बिग्रिएको काम पनि बन्नेछ। नयाँ घर तथा सवारी साधन खरिदको अवसर जुर्नेछ। मातापिताबाट धन आर्जन गर्न सकिनेछ। अड्डा-अदालतका मामिलामा निर्णय तपाईकै पक्षमा आउनेछ। जीवनसाथीसँगको सम्बन्ध सुमधुर रहनेछ। घरजग्गासँग सम्बन्धित मामिलाहरू तपाईको पक्षमा हुनेछन्। स्वास्थ्य अवस्था राम्रो रहनेछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
गुरु उदयको कारण सिंह राशिका व्यक्तिहरुलाई चिठ्ठा लाग्नेछ । जहाँ पैसा लगानी गर्नुहुन्छ त्यहाँबाट मनग्यै मुनाफा कमाउनुहुनेछ। समाजमा तपाईको प्रभाव बढ्नेछ। व्यापार-व्यवसाय विस्तार गर्न या नयाँ व्यापार सुरु गर्नको लागि समय उत्तम छ। विद्यार्थीहरूलाई अध्ययनमा लाभ हुनेछ। पुराना साथीभाइसँग भेटघाट लाभदायक हुनेछ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ। विवाहको सम्भावना रहनेछ। स्वास्थ्य अवस्था राम्रो रहनेछ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
बृहस्पतिको उदयले कुम्भ राशिका लागि ठूलो खबर ल्याउनेछ। उनीहरूको जीवनमा केही नयाँ र राम्रो हुनेछ। धन आर्जनको नयाँ अवसर मिल्नेछ। सन्तानबाट शुभ समाचार सुन्न पाइनेछ । मनग्य धन लाभ हुनेछ। पुराना सुखको अन्त्य हुनेछ। भाग्यले साथ दिनेछ। शत्रुका सबै चालहरू असफल हुनेछन्। घरमा रमाइलो वातावरण रहनेछ। श्रीमान्–श्रीमतीको सम्बन्ध मधुर रहनेछ। धार्मिक यात्रामा जान सकिनेछ। पुराना साथीभाइसँग भेटघाट लाभदायक हुनेछ।