वैशाख महिनालाई धार्मिक मान्यता अनुसार विशेष महिना मानिन्छ। वैशाख महिना भगवान विष्णु र देवी लक्ष्मीको नाममा समर्पित छ। यस महिनामा केही विशेष उपाय गर्नाले दैनिक जीवनका सबै समस्या समाधान हुने विश्वास छ। शास्त्रका अनुसार यस महिनामा नरिवलसँग सम्बन्धित केही उपायहरू गर्न सक्नु हुन्छ, धेरै लाभदायक साबित हुनेछ।
नरिवल माता लक्ष्मीलाई धेरै प्रिय हुने भएकाले हिन्दू धर्ममा पनि शुभ कार्यमा नरिवलको प्रयोग गरिन्छ। जान्नुहोस् कस्ता उपायहरू गर्नाले तपाईँलाई आर्थिक लाभ हुनेछ।
आर्थिक संकटबाट छुटकारा पाउन – यदि अनावश्यक खर्च बढेको छ वा हातमा पैसा टिक्दैन भने शुक्रबार बिहान नुहाउने र रातो वस्त्र लगाएर लक्ष्मीको पूजा गर्नुहोस्। त्यसपछि नरिवल, कमलको फूल, सेतो कपडा, दही र सेतो मिठाई अर्पण गर्नुहोस्। यसपछि पूजामा चढाइने नरिवललाई रातो रङको नयाँ कपडामा बेरेर कसैले नदेखेको ठाउँमा राख्नुहोस् । यसो गर्नाले धन सम्बन्धी समस्या हट्नेछ।
नकारात्मक ऊर्जाको लागि- घरको नकारात्मक ऊर्जालाई कम गर्न नरिवलको उपाय पनि गर्न सकिन्छ। यसका लागि नरिवलमा गाजलको टिका लगाएर घरको हरेक कुनामा लगेर नदीमा बगाउन दिनुहोस्। यसो गर्नाले घरबाट नकारात्मकता हट्छ र घरका सदस्यहरूबिच प्रेम कायम रहन्छ।
राहु-केतु दोष हटाउनका लागि- यदि कुण्डलीमा राहु-केतु दोष छ भने त्यसलाई नरिवलको प्रयोगबाट पनि हटाउन सकिन्छ। शनिबार नरिवललाई दुई भागमा काटेर चिनीले भर्नुहोस्। त्यसपछि यसलाई सुनसान सफा ठाउँमा लैजानुहोस् र जमिनमा गाड्नुहोस्। जमिनमा बस्ने कीराहरूले यसलाई खाँदा तपाईंको ग्रह दोष हट्न थाल्छ भन्ने मान्यता छ।
धन लाभको लागि- यस बाहेक वैशाख महिनामा सम्भव भए घरको दक्षिण वा पश्चिम दिशामा नरिवलको रुख रोप्नुहोस्, यसले घरको आर्थिक स्थितिमा बिस्तारै सुधार आउनेछ। यसले ऋणबाट मुक्ति पनि दिन्छ।