धन कमाउनको लागि मान्छेले अनेक गर्दछन्। तर कुनै समयमा जति मिहिनेत गर्दा पनि सफलता मिल्न सक्दैन। यसको पछाडि वास्तु दोष पनि हुनसक्छ। प्राय मानिसहरू अनजानमा केही यस्ता गलतीहरु गर्छन् जसले घरमा वास्तु दोष उत्पन्न हुन्छ। जसको कारण जीवनमा आर्थिक अभावका साथै कठिनाइको सामना गर्नुपर्ने हुन्छ। यदि तपाईको हातमा पैसा टिक्दैन र तपाई आर्थिक अभावले समस्यामा हुनुहुन्छ भने वास्तुशास्त्रमा उल्लेख गरिएका यी सजिलो उपाय अपनाउन सकिन्छ।
कुबेर यंत्रको स्थापना गर्नुहोस्- भगवान कुबेरलाई धन र समृद्धिको प्रतीक मानिन्छ। भगवान कुबेर उत्तरपूर्वी कुनाको मालिक मानिन्छ। त्यसैले उत्तर-पूर्व दिशामा कुबेर यंत्र स्थापना गर्नु शुभ मानिन्छ। वास्तुशास्त्रका अनुसार नकारात्मक ऊर्जा उत्पन्न गर्ने चीजहरूलाई उत्तर-पूर्व दिशाबाट हटाउनुपर्छ। जस्तै भारी फर्निचर र जुत्ता र्याक आदि।
घरका सामान व्यवस्थित गर्नुहोस्- प्राय मानिसहरू आफ्नो घरमा यता-उता चीजहरू छोड्छन्। तर वास्तुशास्त्र अनुसार यसो गर्दा घरमा वास्तु दोष उत्पन्न हुन्छ। वास्तु दोषबाट छुटकारा पाउन घरलाई व्यवस्थित गर्नुपर्छ। भनिन्छ यसो गर्नाले घरको गरिबी हट्छ।
कन्तुरलाई दक्षिण-पश्चिम कुनामा राख्नुहोस् – वास्तुशास्त्र अनुसार धन र आर्थिक कठिनाइबाट छुटकारा पाउन घरको दक्षिण-पश्चिम कुनामा कन्तुर वा भल्ट राख्नुहोस्। कन्तुर कहिल्यै पश्चिम वा दक्षिण दिशामा खोल्नु हुँदैन। यो कुरालाई बेवास्ता गर्दा धन हानि हुन्छ।
वास्तुशास्त्र अनुसार घरको वरिपरि हरियाली राख्नुहोस् र काँडे बिरुवाहरू नरोप्नुहोस्। घर वरिपरि काँडे बिरुवा भएमा घरपरिवारमा झगडा हुने धार्मिक मान्यता रहेको छ।