धार्मिक मान्यता अनुसार हनुमान जन्मोत्सवको विशेष महत्त्व रहेको छ। धार्मिक मान्यता अनुसार श्रीराम भक्त हनुमानको जन्म चैत्र महिनाको पूर्णिमाका दिन चित्रा नक्षत्र र मेष राशिमा भएको थियो। यस वर्ष चैत्र पूर्णिमा चैत्र २३ गते बिहीबार परेको छ। हनुमान जन्मोत्सवको दिन हनुमानसँगै भगवान श्रीराम र माता सीताको विधिवत् पूजा गर्नाले भक्तजनको मनोकामना पूरा हुने ज्योतिषीहरूको भनाइ छ।
यस दिन हनुमानको पूजा आराधन गर्नाले सम्पूर्ण समस्याबाट मुक्ति मिल्छ। यस वर्ष हनुमान जन्मोत्सवका दिन हर्ष योगको शुभ संयोग बनिरहेको छ । हनुमान जन्मोत्सवको दिन बजरंगबलीको पूजा गर्ने शुभ समय र उपाय जान्नुहोस्-
हनुमान जयन्तीको शुभ समय-
चैत्र महिनाको पूर्णिमा २२ गते ०९:१९ बजे सुरु भएको छ र २३ गते बिहीबार बिहान १०:०४ बजे समाप्त हुनेछ। यस दिन हस्त र चित्रा नक्षत्र रहनेछ। हनुमान जन्मोत्सवको दिन हर्ष योगको शुभ संयोजन भएको छ। हर्ष योगमा हनुमानको पूजा गर्नु निकै शुभ मानिन्छ। यस अवधिमा शुभ कार्य गर्नु उत्तम मानिन्छ।
हनुमान जन्मोत्सवमा हनुमानको पूजा गर्नुका साथै आर्थिक संकटबाट छुटकारा पाउन विशेष उपाय गर्न सकिन्छ। यस दिन हनुमानलाई जल चढाएपछि पञ्चामृत अर्पण गर्दा आर्थिक संकट हट्ने मान्यता रहेको छ। तिलको तेलमा सुन्तला रंगको सिन्दूर मिसाएर माता लक्ष्मीलाई अर्पित गर्न सकिन्छ। यस दिन हनुमान रातो फूल चढाउनुपर्छ। यसबाहेक सखर वा गहुँको पिठोबाट बनेको रोटी र लड्डु चढाउनुपर्छ। यसो गर्नाले हनुमान प्रसन्न हुनुका साथै भक्तजनलाई सुख र समृद्धि प्रदान गर्ने मान्यता रहेको छ।