महालक्ष्मी राजयोग : अप्रिलमा यी राशिका घरमा हुनेछ लक्ष्मीको आगमन, दुखको हुनेछ सर्वनाश, मिल्नेछ खुशी

काठमाडौँ : – ज्योतिष शास्त्र अनुसार ग्रहहरुका गोचर हाम्रो जीवनमा सुख-दुखको कारक बन्ने गर्दछन्। ग्रहहरू राम्रो स्थितिमा हुँदा सुख प्राप्त हुन्छ भने कमजोर स्थितिमा हुँदा दुखको बाढी आउँछ। ग्रहको संयोजनले कहिलेकाहीँ विशेष योग पनि बनाउँछ। यी योगहरूले प्रायः लाभ ल्याउँछन्। उदाहरणको लागि चैत्र २३ गते बिहिबारबाट महालक्ष्मी राजयोग बनिरहेको छ।

वास्तवमा गत चैत्र २३ गते बिहिबार भाग्य र धनको कारक बृहस्पति र शुक्र राम्रो स्थितिमा विराजमान भएको छ। यी दुई मिलेर महालक्ष्मी राजयोगको निर्माण गरिरहेका छन्। यसबाहेक शस र मालव्य पनि बनिरहेका छन्। यस्तो अवस्थामा चार विशेष राशिको जीवनमा धेरै सुख र धन आगमन हुनेछ। त्यसो भए जानौँ यी भाग्यशाली राशिहरुका बारेमा।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

तपाईको जीवनमा धेरै खुशीले दस्तक दिनेछ। तपाईका सबै दुखहरु क्रमशः समाप्त हुनेछन्। भाग्यले तपाईलाई भरपूर साथ दिनेछ। तपाई जुन काम सुरु गर्नुहुन्छ ती काम बिना बाधा-अवरोध सम्पन्न हुनेछन्। आर्थिक रुपमा पनि बलियो लाभ मिल्नेछ। धन आर्जनको नयाँ माध्यम फेला पर्नेछ। नोकरीमा पदोन्नति हुनेछ। व्यापार व्यावसायमा मनग्य लाभ हुनेछ। विद्यार्थीहरूले परीक्षामा राम्रो नतिजा ल्याउनेछन्। नयाँ घर वा सवारी साधन खरिद गर्न सकिनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। घरमा खुशीयाली छाउनेछ। वैदेशिक यात्रामा जान सकिनेछ। स्वास्थ्य अवस्था राम्रो रहनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कन्या राशिका जीवनमा दुःखको अन्त्य हुनेछ। तपाईका सबै दुख-कष्टहरु हावाझैँ उडेर जानेछन्। जीवनको नकारात्मकता हट्नेछ। मन प्रसन्न रहनेछ।  तपाई पहिलेभन्दा धेरै खुसी हुनुहुनेछ। धन-लाभ हुनेछ। पैसा लगानी गर्दा लाभ मिल्नेछ। नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ। व्यापार-व्यवसायमा भारी मुनाफा मिल्नेछ। भगवानप्रतिको आस्था बढ्नेछ। परमात्माको आशीर्वादले तपाईको स्वास्थ्यमा उल्लेखनीय सुधार आउनेछ। समाजमा मान-प्रतिष्ठा बढ्नेछ। अड्डा-अदालतका मुद्दाहरु टुङ्गो लाग्नेछ। घरमा पाहुनाको आगमनले आर्थिक लाभ मिल्नेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मकर राशिका जातकहरुलाई अचानक ठूलो धनराशि प्राप्त हुनेछ। यो पैसा अचानक तपाईलाई जहाँबाट पनि आउन सक्छ। तपाईले धन-आर्जनको नयाँ अवसरहरु प्राप्त गर्नुहुनेछ। अविवाहितले वैवाहिक सम्बन्ध कायम गर्न सक्छन्। प्रेम सम्बन्धमा सफलता मिल्नेछ। पुराना साथीभाइसँगको भेटघाट लाभदायक हुनेछ। शत्रुले तपाईको अगाडि हार स्वीकार गर्नेछन्। समाजमा तपाईको प्रभाव बढ्नेछ। सन्तानको कारणले नामरोशन हुनेछ। अभिभावकबाट धन प्राप्त हुनेछ। स्वास्थ्य अवस्था राम्रो रहनेछ। धार्मिक यात्रामा जाँदा लाभ मिल्नेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

यी राशिका व्यक्तिहरूलाई धन र सुखसँग सम्बन्धित लाभ प्राप्त हुनेछ। घरमा सकारात्मक वातावरण रहनेछ। भौतिक सुखसुविधामा वृद्धि हुनेछ। आम्दानी बढ्नेछ। कामको सिलसिलामा विदेश यात्रा हुनेछ। शैक्षिक क्षेत्रमा प्रगति गर्नुहुनेछ। करियरमा उछाल आउनेछ। जीवनमा लक्ष्य हासिल गर्न सक्नुहुनेछ। मेहनतको उचित फल मिल्नेछ। आफन्तबाट धन प्राप्त हुनेछ। विवाहको योग बन्नेछ। लामो यात्रा सुखद रहनेछ। मालिकले तपाईको कामको प्रशंसा गर्नेछन्। तलब बढ्नेछ। व्यापार व्यवसायमा मनग्य लाभ हुनेछ।

प्रकाशित : बिहिबार, चैत २३, २०७९१२:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हनुमान जन्मोत्सव : यी ४ राशिलाई शुभ छ आजको दिन, बन्नेछन् सबै बिग्रिएका काम र हुनेछ उल्लेखनीय प्रगति