सुरु भयो नयाँ वर्ष : नयाँ वर्षमा पैसै पैसाको महलमा बस्नेछन् यी ४ राशिका मानिस

काठमाडौँ : गत चैत्र १५ गते बुधबार चैते दशैँ सुरु मनाईसकेको छ। भनिन्छ तिथि अनुसार चैते दशैंबाट नयाँ वर्ष सुरु हुन्छ। यो वर्ष नयाँ वर्ष अर्थात् विक्रम संवत् २०८० चैते दशैंबाट सुरु भईसकेको छ। ज्योतिषीहरूका अनुसार हिन्दू नयाँ वर्षमा ग्रहको स्थिति धेरै राशिका लागि लाभदायक साबित हुन सक्छ। यति मात्र होइन करियर, आर्थिक, व्यापार र धनमा सफलता मिल्नेछ। जान्नुहोस् वि.सं २०८० मा कुन-कुन राशिका व्यक्तिलाई शुभ हुनेछ ?

मिथुन राशि

नयाँ वर्ष मिथुन राशिका व्यक्तिहरूलाई करियरमा अपार सफलता मिल्नेछ। कार्य क्षेत्रमा पदोन्नति आदिको प्रतीक्षामा रहेकाहरूले शुभ समाचार पाउन सक्छन्। साझेदारीमा गरेका काम लाभदायी साबित हुनेछन्। आर्थिक अवस्था मजबुत रहनेछ। भाग्यले साथ दिँदा आँटेको काम बन्नेछ।

सिंह राशि

हिन्दू नयाँ वर्ष सिंह राशिका व्यक्तिहरूका लागि धनको दृष्टिले भाग्यशाली साबित हुनेछ। यस अवधिमा पैतृक सम्पत्तिबाट लाभ लिन सकिनेछ। खर्चमा नियन्त्रण गर्न आवश्यक छ। धैर्यताको अभ्यास गर्नुहोस्। पारिवारिक सहयोग प्राप्त हुनेछ। काममा आइरहेका अवरोध हट्नेछन्। साथै कममा सफलता मिल्नेछ।

तुला राशि

हिन्दू नयाँ वर्ष तुला राशिका लागि शुभ र फलदायी साबित हुनेछ। यस अवधिमा तुला राशिका व्यक्तिले आफ्नो लक्ष्यहरू प्राप्त गर्न सफल हुनेछन् । शत्रुहरु परास्त हुनेछन्। काममा सफलता मिल्नेछ। मान-सम्मानमा वृद्धि हुनेछ।

धनु राशि

विक्रम संवत् २०८० धनु राशिका व्यक्तिहरूका लागि लाभदायक साबित हुन सक्छ। आम्दानीका नयाँ मार्गहरू बन्नेछन्। पुरानो लगानीबाट पनि आम्दानी हुनेछ। आर्थिक संकट हट्नेछ। परिवारसँग राम्रो समय बित्नेछ। काममा नयाँ अवसर मिल्नेछ।

प्रकाशित : बुधबार, चैत २२, २०७९१६:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चैत्रमा यी ५ राशिलाई छ अत्यन्तै प्रतिकूल : हुनेछ ठूलो धन-हानि, आउनेछ दुख-दर्दको बाढी