आज आइतबार भुलेर पनि नगर्नुहोस् यस्ता कार्य, अन्यथा भोग्नु पर्नेछ हानि-नोक्सानी

धार्मिक मान्यता अनुसार हरेक दिन कुनै न कुनै भगवानको नाममा समर्पित छ। त्यस्तै आइतबार सूर्य देवको नाममा समर्पित छ। यस दिन सूर्यदेवको विशेष पूजा गरिन्छ। सूर्यदेवलाई अर्घ्य दिइन्छ। यसो गर्नाले कुण्डलीमा सूर्य बलवान हुन्छ। सूर्य सफलता, आत्मविश्वास, प्रसिद्धि र स्वास्थ्य दिने ग्रह हो। यदि सूर्यको कृपा भएमा व्यक्तिलाई करियर र व्यापारमा धेरै सफलता मिल्छ। यस्ता व्यक्तिले राजनीतिमा धेरै नाम कमाउँछन्। त्यसैले आइतबारको दिन सूर्यलाई प्रसन्न पार्ने विभिन्न उपाय अपनाउन सकिन्छ। जान्नुहोस् आइतबार के कस्ता काम गर्न हुँदैन।

आइतवारको दिन कहिल्यै नीलो, कालो, खैरो रङको कपडा नलगाउनुहोस्। यी रंगहरू शनिसँग सम्बन्धित छन् र सूर्य र शनि शत्रु ग्रहहरू हुन्। त्यसैले आइतबार कालो-निलो कपडा लगाउनाले सूर्य देव क्रोधित हुन्छन्। जीवनमा नकारात्मकता पनि बढ्छ। यस दिन सुन्तला, रातो, पहेँलो रङको कपडा लगाउनु शुभ मानिन्छ। यसले सकारात्मक ऊर्जा बढाउँछ।

आइतबार तामाबाट बनेको सामान बिक्री नगर्नुहोस्। न त तामाले बनेको कुनै वस्तु किन्नु पनि हुँदैन। तामा सूर्यसँग सम्बन्धित छ, आइतबार तामा बेच्दा सूर्य कमजोर हुन्छ। आइतबारको दिन मासु खानु हुँदैन। न त कुनै किसिमको नशा पनि गर्नु होला। यसो गर्नाले सूर्य कमजोर हुन्छ र शनिले पनि अशुभ फल दिन्छ।

-आइतबारको दिन पश्चिम दिशाको यात्रा गर्नु हुँदैन। यस दिन यात्रा गर्नु परे पनि घिउ वा पान खाएर यात्रामा जानुहोस्। साथै, पहिले पूर्व दिशामा ५ पाइला हिँड्नुहोस्, त्यसपछि फर्कनुहोस् र त्यसपछि पश्चिम तर्फ जानुहोस्। यदि तपाइँ घर बनाउँदै हुनुहुन्छ भने, आइतबार घर निर्माणका सामानहरू किन्नुहोस्। जसका कारण काममा ढिलाइ हुनुका साथै बाधा अड्चनहरू आउन सक्छन्।

प्रकाशित : आइतबार, चैत १९, २०७९१४:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चैत्र २३ गतेबाट शुक्रदेवको कृपाले चम्किनेछ यी राशिको भाग्य, २७ दिनसम्म मिल्नेछ फाइदै-फाईदा