चैत्र ११ गतेको राशिफल : शनिदेवको कृपाले यी ५ राशिका सुख-सौभाग्यमा हुनेछ बढोत्तरी, मिल्नेछ मनोनुकूल लाभ

पञ्चाङ्ग : –
दिन : शनिवार ।। नक्षत्र : भरणी १६:०८ बजेसम्म, त्यस उप्रान्त कृत्तिका ।। तिथि : चतुर्थी १९:१६ बजेसम्म, त्यस उप्रान्त पञ्चमी ।। करण : वणिज ०७:२५बजेसम्म, त्यस उप्रान्त भद्रा १९:१६बजेसम्म ।। योग : विष्कम्भ ०३:०७ बजेसम्म, त्यस उप्रान्त प्रीति ।। चैत ११, २०७९, शनिवार ।। 25 March, 2023 ।। चतुर्थी, चैत्र शुक्लपक्ष ।। चौलाथ्व, ११४३ ने.सं. ।। सूर्योदय(sunrise) : –  ६:०५ ।। सूर्यास्त(sunset) : –  १८:१७ ।।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – व्यवसायिक क्षेत्रमा उच्च अधिकारीसँग आवश्यक विषमा चर्चा हुनेछ कुनै परियोजनामा सरकारी लाभ प्राप्त होला। कार्यालयसँग सम्बन्धित कार्यको लागि यात्रा हुने योग छ। परिवारमा आनन्दमय वातावरण छाईरहनेछ। प्रत्येक कार्यको निर्णय व्यवहारिक रुपले लिनुहोला।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : – तपाईको दिन मिश्र फलदायी रहला। व्यापारीले आफ्नो व्यापारमा धन लगाएर नयाँ कार्य प्रारम्भ गर्नेछन्। विदेशगमन हुने योग छ। कुनै धार्मिक स्थलमा घुम्न जानुहुन्छ। कार्यभार अधिक रहनेछ। भविष्यको लागि योजना बनाउनु हुनेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : – अशुभ घटना घट्ने सम्भावना रहेको छ। शारीरिक र मानसिक रुपले अस्वस्थ रहनुहुन्छ। अधिक खर्च हुनाले आर्थिक रुपले खर्च हुनेछ। मानसिक शान्ति प्राप्त गर्नको लागि ईश्वरको आराधनाबाट शुभ फल प्राप्त होला।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : – तपाईको दिन मित्र र आफन्तसँग आनन्दपूर्वक बित्न सक्छ।  मनोरंजक प्रवृत्तिको आनन्द प्राप्त होला। व्यापारको क्षेत्रमा लाभ होला। छोटो यात्रा हुने योग छ। सामाजिक रुपले मान-सम्मान प्राप्त होला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : – मानसिक रुपले चिन्तित रहनुहुन्छ। शंका र उदासी मनमा छाईरहनेछ। कुनै कारणवश दैनिक कार्यमा ढिलाई हुन सक्छ। व्यवसायमा सहकर्मीको सहयोग मिल्नेछ। उच्च अधिकारीबाट सम्हालेर रहनुहोला। श्रमपूर्वक गरिएको कार्यको परिणाम उचित  नमिल्दा निराश अनुभव होला।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : – विधार्थीको लागि कठिन समय छ। सन्तानको विषयमा चिन्ता रहिरहनेछ। शेयरमा सम्हालेर खर्च गर्नुहोला। मनमा खिन्नता अनुभव होला। बौद्धिक चर्चामा नउत्रिनुहोला।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : – शारीरिक रुपले शिथिलता र मानसिक रुपले निराश अनुभव गर्नुहुन्छ। आमाको विषयमा चिन्ता रहनेछ। स्थायी सम्पत्ति सम्बन्धित पत्रको कार्य सावधानीपुर्वक गर्नुहोला। पारिवारिक वातावरणमा झगडा हुन सक्ला।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : – तपाईको लागि लाभदायी दिन छ।  आर्थिक लाभ हुनुको साथै भाग्यले साथ दिनेछ। नयाँ कार्यको शुभारम्भ गर्नको लागि शुभ समय छ। मानसिक रुपले प्रसन्न रहनुहुन्छ। आफन्तसँग प्रेममय सम्बन्ध रहनेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –  तपाईको मन दुविधामा फसिरहनेछ। पारिवारिक वातावरण झगडापूर्ण रहला। निर्धारित कार्यलाई पूर्ण गर्न नसक्दा मनमा निराशा रहनेछ। कुनै महत्त्वपूर्ण निर्णय नलिनुहोला। घरमा व्यवसायको क्षेत्रमा अधिक कार्यभार रहनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : – निर्धारित कार्य सरलतापुर्वक पूरा हुनेछ। घरायसी जीवनमा आनन्दमय वातावरण रहला। मानसिक स्वस्थता बनिरहनेछ। मित्र र आफन्तसँग भेट होला। उत्तम भोजन र वैवाहिक जीवनमा सिख-सन्तोष अनुभव होला।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : – कसैसँग आर्थिक लेनदेन नगर्नुहोला। अधिक मात्रामा खर्च होला। शारीरिक र मानसिक रुपले स्वस्थ रहनुनेछैन्। आफन्तसँग मतभेद खडा होला। रिसलाई नियन्त्रण गर्नुहोला।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : – सामाजीक कार्य वा समारोहमा भाग लिने अवसर प्राप्त होला। शुभ समाचार मिल्नेछ। श्रीमती र सन्तानबाट लाभ प्राप्त होला। आकस्मिक धन प्राप्त होला। वस्तु खरिद गर्नको लागि अनुकुल दिन छ।

प्रकाशित : शुक्रबार, चैत १०, २०७९२०:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साप्ताहिक राशिफल : यो हप्ता ४ राशिले पाउनेछन् गतिलै लाभ, यी राशिले झेल्नुपर्नेछ बखेडा