हनुमानलाई प्रसन्न गर्न निकै खास रहेको छ यस दिन, यस्ता कार्यले जीवनमा कहिल्यै आउने छैन संकट !

धार्मिक मान्यता अनुसार हरेक तिथिको आ–आफ्नै विशेष महत्त्व रहेको छ। चैत्र शुक्ल पूर्णिमाका दिन हनुमान जयन्ती मनाइन्छ। तर मान्यता अनुसार कार्तिक महिनाको चतुर्दशीका दिन पनि हनुमान जयन्ती मनाइन्छ। हनुमान जयन्तीको दिन हनुमानका भक्तहरूको लागि धेरै विशेष छ। यस दिन साँचो मन र पूर्ण भक्तिपूर्वक हनुमानको पूजा गर्दा शीघ्र फल प्राप्त हुने मान्यता रहेको छ।

हिन्दू पात्रोका अनुसार यस वर्ष हनुमान जयन्ती चैत २३ गते मनाइँदै छ। ज्योतिष शास्त्रका अनुसार हनुमानको जन्म यही दिन भएको थियो। यस्तो अवस्थामा यस दिन गरिने केही विशेष उपायले बजरंगबलीको आशीर्वाद प्राप्त हुन्छ। यस दिन हुने पूजाआजाबाट प्रसन्न भएका हनुमानले जीवनभर भक्तजनसँग क्रोधित नहुने जनविश्वास रहेको छ। हनुमान जयन्तीको दिन बजरंगबलीको पूजा कसरी गरिन्छ जान्नुहोस्।

ज्योतिष शास्त्रका अनुसार हनुमान जयन्तीको दिन हनुमानलाई प्रसन्न पार्न निकै विशेष मानिन्छ। यस दिन धेरै मानिसहरु हनुमानको विभिन्न मन्त्रहरू सिद्ध गर्ने प्रयास पनि गर्छन्। यस दिन धेरै मानिसहरूले तन्त्र-मन्त्रको सहारा पनि लिन्छन्। भनिन्छ यो समयमा गरेको सानो गल्तीले पनि तपाईलाई ठूलो हानि गर्न सक्छ। त्यसैले हनुमानको पूजा धेरै सरल तरिकाले गर्नुपर्छ ताकि हामी बिना कुनै गल्ती आफ्नो लक्ष्यमा पुग्न सकौँ।

यस दिन बिहान सबेरै उठेर संकटमोचन हनुमानको पूजा गर्नु पर्दछ। स्नान आदिबाट निवृत्त भएर गणेशको पूजा गर्नुहोस्। यसपछि भगवान श्रीराम र माता सीताको पूजा गर्नुहोस्। पूजामा सुद्ध गाईको घिउको दियो बाल्नुहोस्। उनीहरूलाई रातो रंगका फूल, फलफूल, धूप आदि चढाउनुहोस्। त्यसपछि त्यहाँ बसेर हनुमान चालिसा र सुन्दरकाण्डको पाठ गर्नुहोस्।

ज्योतिषशास्त्रका अनुसार मनमा कुनै विशेष इच्छा छ भने त्यसलाई पूरा गर्नका लागि अनुष्ठान आदि गर्न सकिन्छ। यसका लागि हनुमान चालिसा वा पिर बजरंगबन कम्तीमा १०८ पटक पढ्नुपर्छ। यसका साथमा १०८ पटक राम रक्षा स्रोत जप गर्नुहोस्। यसो गर्दा जीवनमा आउने सबै समस्याहरू नष्ट हुनेछन् र हरेक क्षेत्रमा प्रगति गर्न सक्नु हुनेछ।

प्रकाशित : मङ्गलबार, चैत ०७, २०७९११:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

राजकुमार ग्रहको मेष राशिमा हुँदै गोचर, खुल्नेछ यी ३ राशिको भाग्य !