१२ वर्षपछि गुरुले बनाउँदैछ गज्जबको संयोग : यी राशिलाई सुनौलो हुनेछ आउँदो महिना, पाउनेछन् विशेष बहार

काठमाडौँ : – ज्योतिष शास्त्रका अनुसार कुण्डलीमा उपस्थित ग्रह र तिनको स्थितिले हाम्रो जीवनमा गहिरो प्रभाव पार्छ। आउँदो अप्रिल २२ तारिखमा गुरु ग्रह मीन राशिबाट निक्लिएर मेष राशिमा प्रवेश गर्दैछ। त्यहाँ गुरु ग्रह १ मेसम्म विराजमान रहनेछ। यसबाहेक गुरु ३१ मार्च सन् २०२३ मा अस्त भई ३० अप्रिलबाट फेरि उदय पनि हुनेछ। यसरी केही महिनामा हुने यस्तो ठूलो परिवर्तन केही राशिका लागि शुभ हुनेछ। ज्योतिषका अनुसार १२ वर्षमा यस्तो योग बन्ने गरेको छ। यसकारण ५ विशेष राशिले यसबाट सबैभन्दा बढी फाइदा लिनेछन्।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

बृहस्पति ग्रहको स्थितिमा हुने परिवर्तनले मेष राशिका जातकलाई शुभ प्रभाव पार्नेछ। तपाईका सबै रोकिएका काम समयमै सम्पन्न हुनेछन्। भाग्यले साथ दिनेछ। जुन काममा हात हाल्नुहुन्छ ती काम सफल हुनेछन्। शत्रु तपाईको अगाडि कमजोर हुनेछन्। तपाईको स्वास्थ्य राम्रो रहनेछ। धन आर्जनको नयाँ अवसर मिल्नेछ। जागिरमा बढुवा हुनेछ। धार्मिक यात्रामा जान सकिनेछ। समाजमा मान सम्मान बढ्नेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

बृहस्पतिको गोचरले वृष राशि हुनेहरुको भाग्य चम्काउनेछ। भाग्यको दममा उनीहरुले धेरै चीज प्राप्त गर्नेछन्। काममा ठूलो लाभ मिल्नेछ। सरकारी जागिरको अवसर पनि छ। व्यापार-व्यवसायमा ठूलो सम्झौता हुन् सक्छ। मानिसहरूले तपाईंको कामको प्रशंसा गर्नेछन्। घरमा माङ्गलिक कार्य हुन् सक्छ। विवाहको योग बन्न सक्छ। प्रेम सम्बन्धको मामिलामा सफलता मिल्नेछ। घरमा नयाँ पाहुना आउन सक्छन्। अतिथिले धेरै खुशी ल्याउनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

बृहस्पतिको गोचरले तपाईको जीवनमा समृद्धि ल्याउनेछ। तपाईका सबै दुख-दर्द समाप्त हुनेछ। बिस्तारै तपाईको घरमा धेरै खुशी आउनेछ। आर्थिक सङ्कट समाप्त हुनेछ। भाग्यले साथ दिनेछ। अविवाहितहरूले विवाहको प्रस्ताव पाउन सक्छन्। बेरोजगारले रोजगारी पाउन सक्छन्। अप्रिल महिना नयाँ व्यापार सुरु गर्नको लागि शुभ रहेको छ। लक्ष्मी माताको आशीर्वाद मिल्नेछ। समाजमा मान-प्रतिष्ठा बढ्नेछ। पुरानो साथीसँग भेटघाट हुनसक्छ। स्वास्थ्य अवस्था राम्रो रहनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

गुरुको यो गोचरले सिंह राशिका व्यक्तिहरूलाई धेरै फाइदा पुर्‍याउनेछ। सबैभन्दा पहिले उनीहरुको आर्थिक अवस्था सुधार हुनेछ। त्यसपछि शत्रुहरू उनीहरूको अगाडि घुँडा टेक्न बाध्य हुनेछन्। तपाईका सबै सपना साकार हुनेछन्। अदालती मुद्दाहरू टुङ्गो लाग्नेछ। नयाँ घर किन्न सकिनेछ। नयाँ गाडी किन्ने सम्भावना पनि छ। तपाईका रोकिएका कामहरु समयमै पूरा हुनेछन्। वैदेशिक यात्राको सम्भावना छ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

बृहस्पतिको गोचरले कन्या राशिको जीवनमा धेरै खुशी र सकारात्मक परिवर्तन ल्याउनेछ। मातापिताबाट मनग्य धन आर्जन गर्न सकिनेछ। साथीभाइको पूर्ण सहयोग रहनेछ। घरमा सुख-समृद्धि आउनेछ। लडाई-झगडा समाप्त हुनेछ। जीवनमा केही नयाँ र राम्रो गर्ने अवसर मिल्नेछ। आम्दानीका स्रोत बढ्नेछन्। पैसाको अभाव हुनेछैन। मानिसहरुबीच तपाईको इमान बढ्नेछ। नोकरी तथा व्यवसायमा मनग्य लाभ हुनेछ। तपाईसँग सबै खुशी हुनेछन्। स्वास्थ्य राम्रो रहनेछ।

प्रकाशित : आइतबार, चैत ०५, २०७९१६:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि चैत्र ६ गतेको राशिफल : सोमबार ४ राशिलाई छ अनुकूल समय, तर हतारोपनले बिग्रनेछ काम