चैत्र १० गतेसम्मका त्यति राम्रा छैनन् यी ४ राशिलाई, चारैतिरबाट आउनेछ सङ्कट

काठमाडौँ : – हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ भने कुन राशिका व्यक्तिले समस्याको सामना गर्न पर्ने हुन्छ ?

साताको राशिफल : – (चैत ४ देखि १० गतेसम्म)

ज्योतिषाचार्य दामोदरनाथ लोहनी

साताका चाड : – ४ गते पाप मोचनी एकादशी व्रत । ५ गते प्रदोष व्रत, वारुणी योग । ६ गते पिशाच चतुर्दशी, (पाशा चह्रे पूजा) । ७ गते दर्शश्राद्ध, घोडेजात्रा । ८ गते नयाँ सकवर्ष र पिङ्गल नामको संवत्सर सुरु हुने, नीमको पात खाने र बिहानै तेल लगाई स्नान गर्ने । ९ गते चन्द्रोदय । १० गते मत्स्य जयन्ती ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

सुरुका तीन दिन त्यति राम्रा छैनन् । बन्नुपर्ने कामहरू त्यसै थाती रहलान् । मङ्गलबार बेलुकीदेखि केही प्रगति भए पनि स्वास्थ्यसम्बन्धी समस्याको सामना गर्नु पर्ला । व्यावसायिक कामबाट भने गतिलै लाभ लिन सक्नुहुनेछ । शनिश्चरको सेवा गरिरहनुहोस् ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

त्यति राम्रो समय छैन। गोडामा कष्टको अनुभव भइरहला। शनिबारको दिन बिहानै पीपलमा जल चढाउनुहोस् । अल्झेका कामहरू बुधबारदेखि मात्र बन्न सक्छन्। परिवारबाट पाउनुपर्ने सहयोगमा भने त्यति कमी हुनेछैन। पढ्न र लेखनमा बढी समय दिनुहोस्।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

यात्रा हुने समय छ तर त्यसबाट विशेष फाइदा भने लिन सक्नुहुनेछैन । विवाहसम्बन्धी कुरामा प्रगति देखिँदैन । लामो विदेश यात्राको सपना नदेख्नुहोस् । मनमा रहेको शङ्का र भय हटाउन भगवतीको दर्शन गर्नु आवश्यक छ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

अलि–अलि काम बने पनि मनमा सन्तोष हुनेछैन । बाधा दिने धेरै छन् । सहयोग गर्नेको सङ्ख्या अत्यन्त न्यून छ । स्वास्थ्य पूरा सग्लो हुनेछैन । गणेशको दर्शन गर्न थालिहाल्नुहोस् । बुधबारको दिनमा भने अलिकति सन्तोष हुने काम होला ।

प्रकाशित : आइतबार, चैत ०५, २०७९१०:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१२ वर्षपछि गुरुले बनाउँदैछ गज्जबको संयोग : यी राशिलाई सुनौलो हुनेछ आउँदो महिना, पाउनेछन् विशेष बहार