काठमाडौँ : – बुधबार चैत्र १ गतेबाट खरमास आरम्भ भईसकेको छ। जब सूर्य धनु वा मीन राशिमा प्रवेश गर्दछ, तब खरमास सुरु हुन्छ। अहिले सूर्य मीन राशिमा गोचर गरिरहेको छ। हाल सूर्य मीन राशिमा गोचर गरिरहेको छ। खरमासको समयमा कुनै शुभ कार्य गर्नु हुँदैन। वास्तवमा सूर्यलाई आत्माको कारक ग्रह मानिन्छ। गुरुलाई धर्मको कारक भनिन्छ। यो समयलाई आत्मा र परमात्माको मिलनको समय मानिन्छ। धार्मिक दृष्टिकोणले यस समयमा सूर्य र गुरु एकसाथ रहँदा देव ध्यान, यज्ञ, तप आदि कर्म गर्नु शुभ फलदायी हुने मान्यता छ। जब सूर्य बृहस्पतिको राशिमा हुन्छ, तब यस समयमा तपाईले आफ्नो मनलाई सांसारिक कामबाट हटाउनुपर्छ र धर्म र अध्यात्ममा ध्यान दिनुपर्छ। आउनुहोस् जान्नुहोस् खरमासमा के-के गर्नुहुँदैन्।
खरमास कुनै पनि माङ्गलिक कार्य जस्तै : विवाह, व्रतबन्ध लगायत सम्पन्न हुँदैनन्। यस समयमा गरिएको विवाहले नवविवाहित जोडीलाई शुभ फल दिदैन्।
खरमासमा विवाह मात्रै नभई इन्गेजमेन्ट, गृह प्रवेश, मुण्डन जस्ता कार्य पनि गर्नु हुँदैन। जब सूर्य धनु राशिमा प्रवेश गर्दछ किनकी सूर्य अग्नि तत्वको राशि भएको कारण अग्नि तत्वको वृद्धि हुन्छ। सूर्य अग्नी तत्व र मीन जल तत्वको राशिमा रहेको अवस्थामा यी दुईको संयोग पनि शुभ र फलदायी रहँदैन।
यसका साथै नयाँ घरको निर्माण कार्य पनि सुरु गर्नु हुँदैन। यसबाहेक यदि तपाई नयाँ घर किन्ने योजनामा हुनुहुन्छ भने त्यसो नगर्दा बेश हुन्छ।
यदि तपाई खरमासमा नयाँ सवारी साधन किन्ने विचारमा हुनुहुन्छ भने त्यसलाई अहिले थाँती राख्नुहोस्। यो महिनामा सवारी साधन खरिद गर्नु पनि शुभ मानिँदैन।
यस समयमा ऋतु परिवर्तन पनि हुन्छ, त्यसैले तामसिक भोजन सेवन नगर्नुहोस्। यसले तपाईंको स्वास्थ्यमा नराम्रो असर पार्न सक्छ।
खरमासमा गर्नुहोस् यी काम : –
खरमासमा पूजा-पाठ, यज्ञ आदि बढी गर्नुपर्छ। यस समयमा भगवान विष्णुको पूजा गर्नुपर्छ।
खरमासमा सत्यनारायण भगवानको कथा श्रवन गर्दा या वाचन गर्दा यसको शुभ असर तपाईसँगै परिवारलाई पनि प्राप्त हुन्छ।
जसको कुण्डलीमा बृहस्पति अशुभ स्थितिमा छ, उनीहरुले खरमासमा पूजा गर्नुपर्छ। यसो गर्नाले गुरु ग्रहको दोषको प्रभाव कम पर्नेछ। यसका साथै यस समयमा दैनिक सूर्यलाई अर्घ्य दिनुहोस्।