यी ५ राशिका जीवनलाई अमङ्गल पार्नेछ मङ्गलले, आउँदो १ महिना जीवनमा मच्चिनेछ उथलपुथल

काठमाडौँ : – ज्योतिषशास्त्रका अनुसार सबै ९ ग्रहले समय–समयमा आ–आफ्नो राशि परिवर्तन गरेर हाम्रो जीवनमा राम्रो वा नराम्रो प्रभाव पार्छ। गत फाल्गुन २९ गते(१३ मार्च) सोमबार मङ्गल ग्रह मिथुन राशिमा गोचर गरिसकेको छ। मङ्गल यहाँ अर्को वर्षको बैशाख २७ गते(१० मे)सम्म विराजमान रहनेछ। मङ्गललाई साहस, पराक्रम, विवाह, जमिन लाभको कारक मानिन्छ। यद्यपि यो कसैको कुण्डलीमा भारी छ भने यसले अमङ्गल पनि गर्न सक्छ। त्यसैले आगामी एक महिनासम्म चार राशिमा यसको अशुभ प्रभाव देखिनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

वृष राशिका व्यक्तिहरूमा मङ्गल गोचरले नराम्रो प्रभाव पार्नेछ। भाग्यले साथ दिन छोड्नेछ। दुर्भाग्यले पीछा छोड्दैन। परिवारमा लडाई-झगडा हुनेछ। मानसिक तनाव रहनेछ। स्वास्थ्यमा समस्या आउनेछ। धन हानि हुनेछ। कतै पैसा लगानी नगर्नुहोस् या कसैलाई सापटी नदिनुहोस्। आफ्नो रिसलाई नियन्त्रण गर्नुहोस्। कसैको अपनाम नगर्नुहोस्। कुनै पनि काम बैशाख २७ गते पछि मात्र सुरु गर्नुहोस्।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

कर्कट राशिका व्यक्तिहरूले मङ्गल ग्रहको गोचरका कारण धेरै खर्च गर्नुपर्नेछ। पैसा तपाईसँग टिक्दैन। स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ। घरको चिन्ता बढ्न सक्छ। आर्थिक अवस्था कमजोर रहन सक्छ। घरपरिवारका मानिससँग झगडा हुनसक्छ। बोलीमा संयम राख्नु पर्ने देखिन्छ। नोकरी तथा व्यवसायमा अशुभ समाचार मिल्न सक्छ। तपाईको नजिकको व्यक्तिले तपाईलाई धोका दिन सक्छ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

वृश्चिक राशिमा मङ्गल गोचरको अशुभ प्रभाव देखिनेछ। उनीहरुले नराम्रो खबर पाउन सक्छन्। यात्रा नगर्नु राम्रो हुनेछ। धनको बारेमा सावधान रहनुहोस्। तपाईको बहुमूल्य चीजहरू चोरी हुन सक्छ। छिमेकीसँग मनमुटाव हुन सक्छ। शत्रुले तपाईलाई हानि पुर्‍याउने प्रयास गर्न सक्छ। साथीभाई तथा आफन्तसँग मनमुटाव हुनसक्छ। लडाई-झगडा हुँदा बढी हानि तपाईलाई नै हुनेछ। स्वास्थ्यको ख्याल गर्नुहोस्।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मङ्गल गोचरको नकारात्मक प्रभाव तपाईमा देख्न सकिन्छ। तपाईको मर्जी अनुसारको कुराहरु हुने छैनन्। मानिसहरूले तपाईलाई घृणा गर्न सक्छन्। रिसलाई नियन्त्रणमा राख्नुपर्छ। साथीभाइसँग झगडा हुनसक्छ। आर्थिक क्षेत्रमा नोक्सानी हुन् सक्छ। स्वास्थ्यको सम्बन्धमा नराम्रो समाचार आउनेछ। यात्रा कष्टप्रद हुन सक्छ। बोससँग झगडा हुन् सक्छ। जागिर खतरामा पर्न सक्छ। धन हानि हुन सक्छ।

प्रकाशित : बुधबार, चैत ०१, २०७९१७:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज बिहिबारको दिन भगवान विष्णुलाई यसरी गर्नुहोस् प्रशन्न, घरमा रहनेछ सुख-समृद्धि