आजबाट सुरु भयो यी ५ राशिका खराब दिन : पैसाको हुनेछ ठूलो नोक्सान, आउनेछ दुखको बाढी

काठमाडौँ : – ज्योतिष शास्त्रमा ग्रहका राशि परिवर्तनलाई निकै महत्वपूर्ण मानिन्छ। जब कुनै ग्रहले राशि परिवर्तन गर्छ, त्यसले सबै राशिलाई शुभ-अशुभ प्रभाव पार्छ। आज चैत्र १ गते बुधबार ग्रहको राजा सूर्यले मीन राशिमा प्रवेश गरेको छ। सूर्य गोचरको अशुभ प्रभाव ५ राशिमा देखिनेछ। यस्तो अवस्थामा यी राशिका व्यक्तिहरुले सावधानी अपनाउनुपर्ने हुन्छ। यद्यपि केही विशेष उपाय अपनाएर यी राशिले आगामी समस्याबाट बच्न सक्छन्।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

सूर्यको गोचरले मेष राशिका व्यक्तिको कठिनाई बढाउनेछ। आगामी एक महिनासम्मम तपाईको समस्याहरु दिन प्रतिदिन बढ्दै जानेछ। तपाई विभिन्न खाले काममा अल्झिनुहुनेछ। आफ्नो लागि पर्याप्त समय निकाल्न सक्नुहुनेछैन्। भाग्यले तपाईलाई साथ दिन छोड्नेछ। सोचेभन्दा बढी मेहनत गर्नुपर्ने हुन सक्छ। मानसिक अशान्तिको सामना गर्नुपर्नेछ। अतिरिक्त खर्च बढ्न सक्छ। आफन्तजनसँग मनमुटाव हुन् सक्छ। बोलीमा संयम राख्न जरुरी छ। यस खाले सबै समस्याबाट बच्न हरेक आइतबार सूर्यदेवलाई जल चढाउनुपर्छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सूर्यको राशि परिवर्तनले मिथुन राशिका लागि खराब समय ल्याउनेछ। आउँदो एक महिना तपाईले दुखद् खबर सुन्नुहुनेछ। तपाईले जुन काममा हात हाल्नुहुन्छ त्यो काम बिग्रन्छ। तपाईको मान-प्रतिष्ठामा ठेस लाग्न सक्छ। परिवारको सुख शान्ति हट्नेछ। श्रीमान श्रीमतीबीच मनमुटाव हुन सक्छ। बुद्धिमानीपूर्वक पैसा खर्च गर्नुहोस्, अन्यथा तपाईले आर्थिक समस्याको सामना गर्नुपर्नेछ। काममा समस्या आउन सक्छ। बोससँग झगडा हुन् सक्छ। व्यवसायीलाई ठूलो नोक्सानी हुनसक्छ। आइतबार सूर्यदेवको व्रत राख्नाले लाभ मिल्नेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

सूर्य गोचरको नकारात्मक प्रभाव कन्या राशिमा पनि देखिनेछ। अड्डा-अदालतको मामिलामा फस्नुहुनेछ। घरजग्गासँग सम्बन्धित मामिलाहरू तपाईंको पक्षमा हुनेछैनन्। बेरोजगारहरु अझै केही दिन कामविहीन बस्नुपर्नेछन्। कुनै पनि नयाँ र शुभ कार्य या महिना गर्नु उचित हुनेछैन्। घरको शान्ति भङ्ग हुन् सक्छ। आफ्नो रिसलाई काबूमा राख्नुहोला। साथीभाई तथा आफन्तजनसँग झगडा हुन् सक्छ। पैसा बुद्धिमानीपूर्वक प्रयोग गर्नुहोस्। सन्तानको पक्षबाट समस्या आउन सक्छ। भैरहेको काम बिग्रन सक्छ। आइतबार सूर्य देवको नाममा सेतो वस्तु दान गर्नुहोस्।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

सूर्यको राशि परिवर्तनले धनु राशिका व्यक्तिहरूको लागि खराब समय ल्याउनेछ। अर्को वर्षको बैशाख २ गतेसम्म तपाईको दिन राम्ररी बित्नेछैन्। भौतिक सुखसुविधामा कमी आउनेछ। कार्यक्षेत्रमा सहकर्मीसँग विवाद हुनसक्छ। छिमेकीसँग मनमुटाव हुन सक्छ। आफ्नो वाणी र रिसमा नियन्त्रण गर्नुहोस्। कतै पैसा लगानी नगर्नुहोस्। कसैलाई पैसा सापटी नदिनुहोस्। कसैसँग पैसा सापटी पनि नलिनुहोला। लामो यात्रा नगर्नुहोस्। विद्यार्थीहरूले आफ्नो मेहनतको राम्रो नतिजा पाउने छैनन्। थप मेहनत गर्नु पर्नेछ। आइतबारको दिन सूर्यदेवलाई जल चढाउँदा लाभ मिल्नेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

सूर्य राशि परिवर्तनले मकर राशिमा नकारात्मक प्रभाव पार्छ। घरको शान्त माहोल बिग्रन सक्छ। दाजुभाई तथा दिदीबहिनीबीच लडाई-झगडा हुन् सक्छ। रिसको झोँकमा कुनै काम नगर्नुहोस्, त्यसले पछि पछुतो बनाउन सक्छ। मनलाई शान्त पार्न योग र ध्यान गर्नुहोस्। कसैलाई आँखा बन्द गरी भरोसा नगर्नुहोस्। नजिकको व्यक्तिबाट ठूलो धोका पाउन सक्नुहुन्छ। आइतबार जल अर्पण गरी सूर्यदेवको पूजा गर्नाले लाभ मिल्नेछ।

प्रकाशित : बुधबार, चैत ०१, २०७९१६:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ५ राशिका जीवनलाई अमङ्गल पार्नेछ मङ्गलले, आउँदो १ महिना जीवनमा मच्चिनेछ उथलपुथल