आज सोमबारको दिन अवश्य गर्नुहोस् यस्ता कार्य, पूरा हुनेछ हरेक मनोकामना !

सबै कार्यको लागि सोमवार शुभ मानिएको छ । यस दिन जन्मिने बच्चाहरु निकै राम्रो व्यवहार भएको, मायालु र कुशल हुने गर्दछन् । यस दिन दक्षिणबाट पश्चिमको दिशामा यात्रा गरियो भने सफलता‍ प्राप्त हुने गर्दछ ।

चन्द्रमाको सम्बन्ध दूध-पानीसँग रहन्छ । चन्द्रलाई भगवान शिवले सिरमा धारण गरेका छन । यसरी चन्द्रको सीधा सम्बन्ध भगवान् शिवसँग रहेको छ । सोमवार घर बनाउने, विवाह गर्ने, नामकरण या विद्यासँग सम्बन्धित कुनै कार्य गरियो भने शुभ हुने गर्दछ ।

कष्ट निवारणको लागि यस्तो गर्नुहोस् :

शिवलाई जल या दूधको अभिषेक गर्नु पनि राम्रो मानिएको छ । मानसिक, शारीरिक या आर्थिक कष्ट छ भने कुलदेवताको पूजा गर्नुहोस् । चामल, दूध, चाँदी दान गर्नुहोस् । चन्द्रमाले कष्ट दिएमा चाँदीलाई नदीमा बगाउनाले सबै कष्ट या समस्याहरु बगेर जानेछ । खीर खानु पनि शुभ हुन्छ । जसको चन्द्रमा कमि छ त्यस व्यक्ति सेतो कपडा र चन्दनको सेतो टीका लगाउनुहोस् । चादीको औठी र सेतो मोती धारण गर्नाले पनि लाभ प्राप्त हुन्छ ।

प्रकाशित : सोमबार, फागुन २९, २०७९१४:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दुई महत्वपूर्ण ग्रहको संयोग बन्दै, यी ३ राशिको भाग्य चम्किने भयो !