पर्सीबाट मीन राशिमा हुँदै ठूलो उथलपुथल: यी राशिको जीवन हुनेछ कायापलट !

ज्योतिषशास्त्रमा ग्रहहरूको राशि परिवर्तन हुनु निकै महत्त्वपूर्ण मानिन्छ। ग्रहहरूको राशि परिवर्तनले सबै राशिहरूमा शुभ वा अशुभ प्रभाव पार्छ। कतिपय राशिले शुभ फल दिन्छ भने कतिपय राशिले अशुभ फल प्राप्त हुन्छ। मार्च १५ तारिखमा सूर्य र बुध एउटै राशि अर्थात् मीन राशिमा गोचर हुँदै छन्। मीन राशिमा सूर्य र बुधको गोचरले कुन राशिलाई शुभ, कुन राशि सावधान रहन पर्ने हुन्छ। जान्नुहोस्?

मेष राशि

धैर्यताको कमी हुनेछ। कार्यस्थलमा थप मिहिनेत हुनेछ। थप दौडधुप हुनेछ। खर्चमा केही कमी आउनेछ। शैक्षिक कार्यमा केही बाधा आउन सक्छ।

वृष राशि

आत्मविश्वास बढ्नेछ तर धैर्यताको कमी हुनेछ। बोलीमा कठोरताको प्रभाव बढ्न सक्छ। कुराकानीमा सन्तुलित हुनुहोस्। बाबुको स्वास्थ्यमा सुधार आउनेछ।

मिथुन राशि

मन प्रसन्न रहनेछ। आत्मविश्वास पनि भरिनेछ। साथीभाइको सहयोगले आम्दानी बढ्न सक्छ। कला वा सङ्गीतप्रति झुकाव बढ्न सक्छ। मिहिनेत बढी हुनेछ।

कर्कट राशि

अत्यधिक क्रोधबाट टाढा रहनुहोस्। कुराकानीमा सन्तुलित हुनुहोस्। आत्मविश्वासमा कमी आउनेछ। सवारी साधन मर्मत सम्भार तथा लुगामा खर्च बढ्न सक्छ। आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस्

सिंह राशि

आत्मविश्वासको कमी रहनेछ। परिवारमा शान्ति र सद्भाव कायम राख्ने प्रयास गर्नुहोस्। सवारी साधनको सुखमा कमी आउन सक्छ। आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस्

कन्या राशि

मन चञ्चल रहनेछ। धैर्य गर्ने प्रयास गर्नुहोस्। बाबुको सहयोग मिल्नेछ। सवारी साधनको आनन्द बढ्न सक्छ। साथीभाइबाट सहयोग लिन सकिनेछ। बौद्धिक कार्यबाट आम्दानी बढ्नेछ।

तुला राशि

क्रोध बढ्न सक्छ। मन पनि विचलित हुन सक्छ। परिवारमा शान्ति कायम राख्ने प्रयास गर्नुहोस्। सन्तान सुखमा वृद्धि हुनेछ। काममा कुनै अतिरिक्त जिम्मेवारी पाउन सकिन्छ।

वृश्चिक राशि

मन प्रसन्न रहनेछ। व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ। व्यापार व्यवसायमा थप मिहिनेत हुनेछ। सम्पत्तिमा लगानी गर्न सकिनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। राम्रो अवस्थामा रहनुहोस्।

धनु राशि

मन अशान्त रहनेछ। आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस्। जीवन साथीको सहयोग मिल्नेछ। आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस् आमाको स्वास्थ्यको ख्याल गर्नु होला। जीवन अव्यवस्थित हुनेछ।

मकर राशि

आत्मविश्वास भरिपूर्ण रहनेछ तर मन अशान्त रहनेछ। क्रोधको मात्रा बढ्नेछ। सवारी साधनको आनन्द बढ्न सक्छ। आमाको संगत मिल्नेछ। खर्चको मात्रा बढ्नेछ।

कुम्भ राशि

आत्मविश्वासले भरिपूर्ण हुनु हुनेछ। कुराकानीमा सन्तुलन कायम राख्नुहोस्। आफ्नो र जीवनसाथीको स्वास्थ्यको ख्याल राख्नुहोस्। नोकरीमा कार्यस्थलमा परिवर्तन हुनसक्छ।

मीन राशि

नोकरीमा पदोन्नतिको अवसर मिल्नेछ। कार्य स्थलमा उच्च अधिकारीहरूसँग सद्भाव कायम राख्नुहोला। घरमा सुख बढ्नेछ। सम्पत्तिमा गरेको लगानीबाट लाभको अवसर मिल्नेछ। मिहिनेत बढी हुनेछ।

प्रकाशित : सोमबार, फागुन २९, २०७९११:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२०७९को अन्तिम महिनाको सुरु मै हुने भयो यस्तो चमत्कार, एक महिनासम्म यी राशिलाई हुनेछ बम्पर फाइदा !