काठमाडौँ : – ज्योतिष शास्त्रमा ग्रहहरूले समय-समयमा गोचर गर्छन् र राजयोगको निर्माण गर्छन्। जसको प्रभाव मानव जीवन र पृथ्वीमा पर्छ। ७०० वर्षपछि पाँच राजयोगको संयोग बन्दैछ। ती योग केदार, हंस, मालव्य, चतुष्चक्र र महाभाग्य हुन्, जसको प्रभाव सबै राशिका मानिसहरुमा देखिनेछ। यो महासंयोग चैत्र १४ गते मङ्गलबार बन्नेछ। ज्योतिष शास्त्र अनुसार एकै समयमा धेरै राजयोग बन्दा त्यसले राशिहरुमा अद्भुत प्रभाव पार्छ। तर यस्ता ४ राशिहरु छन्, जसमाथि सबैभन्दा बढी असर पर्नेछ। ७०० वर्षपछि बन्ने यो अद्भुत संयोगले कुन-कुन ४ राशिलाई सुखद् सुरुवात दिनेछ त ?
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मिथुन राशिका व्यक्तिहरूले एकैसाथ पाँच राजयोगको फल प्राप्त गर्नेछन्। बेरोजगारहरुले रोजगारीको अवसर पाउनेछन्। यो राजयोगको निर्माणले धन प्राप्ति हुनेछ। कार्यालयमा नयाँ जिम्मेवारी प्राप्त हुनेछ। कर्मचारीहरुले बढुवाको अवसर पाउनेछन्। आर्थिक स्थितिमा सुधारको सम्भावना छ। पारिवारिक जीवनमा सुधार आउनेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
हंस र मालव्य राज योग बन्नु कर्कट राशिका लागि राम्रो साबित हुनेछ। यसबाट तपाईको भाग्य चम्किनेछ। करियरमा इच्छानुसार परिणाम प्राप्त हुनेछ। बेरोजगारहरूले नयाँ काम पाउनेछन्। विद्यार्थीहरूका लागि यो समय निकै राम्रो रहनेछ। काम वा व्यापारको शिलशिलामा यात्राको अवसर पाउनुहुनेछ। व्यापारी वर्गका लागि यो समय राम्रो रहनेछ। लगानीको क्षेत्रमा लागेकाहरुले आर्थिक लाभ पनि पाउन सक्नेछन्। समाजमा मान सम्मान बढ्नेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
कन्या राशिका लागि ५ वटा राजयोग बन्नु अत्यन्तै राम्रो हुन्छ। यो समयमा जीवन साथीको सहयोग प्राप्त हुनेछ। यसका साथै जीवन साथीले पनि प्रगति गर्न सक्छ। केही व्यापारिक सम्झौता हुन सक्छ। साझेदारीका कामका लागि पनि यो समय उपयुक्त छ। अविवाहित व्यक्तिहरूले विवाहको प्रस्ताव पाउन सक्छन्। दाम्पत्य जीवनमा सुधार आउनेछ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
मीन राशिका लागि हंस र मालव्य राजयोगबाट शुभ सङ्केत मिल्ने सम्भावना छ। तपाईको मान-सम्मान बढ्नेछ। साहसमा वृद्धि। हुनेछ। व्यापार व्यवसायमा राम्रो सफलता मिल्नेछ। अचानक धन प्राप्ति हुनसक्छ। यो राजयोग श्रमजीवीहरूका लागि वरदान भन्दा कम हुने छैन। रोकिएका कामले गति लिनेछ। काम गर्ने व्यक्तिको कार्यस्थलमा प्रशंसा हुनेछ। आत्मविश्वास बढ्नेछ। स्वास्थ्यमा पनि सुधार आउनेछ।